तरकारी महँगिएपछि वाणिज्य विभागले बढायो अनुगमन
काठमाडौं। वाणिज्य विभागले तरकारी बजार र तरकारी पसलहरूको अनुगमनलाई तीव्रता दिएको छ।

बजारमा तरकारीको भाउ आकाशिएको गुणासो बढेपछि विभागले विभिन्न स्थानका बजारहरूमा अनुगमन तीव्र बनाएको हो।

त्यसैक्रममा आज काठमाडौं उपत्यकाको तिनकुने, जडिबुटी, नरेफाँट र भक्तपुर चारदोबाटोका तरकारी तथा फलफुल बजारमा अनुगमन गरेको छ।

बिहानैदेखि अनुगमनमा खटिएको विभागको टोलीले १४ वटा व्यापारिक फर्महरुलाई अनुगमन, निरीक्षण तथा कारबाही गरी सुधारको निर्देशन दिएको ट्वीटरमार्फत जानकारी दिएको छ।

विभागका निर्देशक रविन्द्र आचार्यले जनगुणासो बढेपछि उजुरी बिनै बजारको अनुगमनमा निस्किएको बताए।

“विभागले उजुरी परेपछि मात्रै कारबाही र बजार अनुगमन गर्छ भन्ने हैन। हामी अहिले उजुरी नपरी पनि बजारको अनुगमन गरिरहेका छौं। त्यहीक्रममा तरकारी बजारको अनुगमनलाई तीव्रता दिएका हौं,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्