काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति रहेको जनाएको छ। हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको मन्त्रालयले हिजो सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ।
सुन्धारास्थित निर्माणाधिन २२ तले धरहराको काम तीब्र गतिमा भइरहेको छ। हालसम्म १३ तला बनिसकेको छ। रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ।
ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको र १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ। मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न प्रतिवेदनमा उल्लेख छ।
बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको पनि प्रतिवेदनमा उल्लेख छ।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति रहेको जनाएको छ। हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको मन्त्रालयले हिजो सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ।सुन्धारास्थित निर्माणाधिन २२ तले धरहराको काम तीब्र गतिमा भइरहेको छ। हालसम्म १३ तला बनिसकेको छ। रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ।

">