काठमाडौं। आज काठमाडौंका दर्जनभन्दा बढी स्थानमा दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गत विद्युत लाइन मर्मत तथा रुखको हाँगाविगा काट्नका लागि दिनभर विद्युत आपूर्ति बन्द गर्न लागेको हो।
विद्युत प्राधिकरणले सूचना प्रकाशन गरेर विभिन्न ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने बताएको हो। प्राधिकरणका अनुसार, स्यूचाटार–स्वयम्भु फिडर अन्तर्गत बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।
त्यसैगरी, सीता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचंगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ती कारखाना, रामकोट, भीमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरूमा पनि विद्युत आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ। चाडैं काम सम्पन्न भएमा भने काम सकिएलगत्तै विद्युत आपूर्ति गरिने प्राधिकरणले बताएको छ।
" /> काठमाडौं। आज काठमाडौंका दर्जनभन्दा बढी स्थानमा दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गत विद्युत लाइन मर्मत तथा रुखको हाँगाविगा काट्नका लागि दिनभर विद्युत आपूर्ति बन्द गर्न लागेको हो।विद्युत प्राधिकरणले सूचना प्रकाशन गरेर विभिन्न ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने बताएको हो। प्राधिकरणका अनुसार, स्यूचाटार–स्वयम्भु फिडर अन्तर्गत बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।

">