काठमाडौं। लगानीकर्ता प्रविधिमा अभ्यस्त हुन थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदा पनि सेयर बजार निरन्तर उकालो लागिरहेको छ।
आजको सेयर बजार २१ अंकले बढेर बन्द भएको छ। आजको कारोबारबाट नेप्से परिसूचक १ हजार ४६२ अंकमा पुगेको छ।
आजको कारोबारमा दुई अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएको छ। आजको कारोबारमा पनि नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानीकर्ताको आकर्षण रहेको छ।
काठमाडौंमा निषेधाज्ञा हुनुअघि निकै उतारचढावमा रहेको सेयर बजारमा निषेधाज्ञाको बेला भने सधैं सुधारिएको छ। अनलाइन कारोबारले सेयर बजारको कारोबार सुधारमा सहयोग गरेको छ। निषेधाज्ञा जारी भएपछिको ५ कारोबार दिनमै नेप्से सूचक ७० अंकले उकालो लागेको छ भने कारोबार रकममा समेत सुधार आइरहेको छ।
नेपाल रि–इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ७१२ रुपैयाँमा ३४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै नेको इन्स्योरेन्सको ७५५ रुपैयाँमा १३ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३६२ मा १२ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर बीमा कम्पनीहरुको कारोबार भएको छ।
आजको सेयर बजारको कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ८० करोड बढी हो । हिजो एक अर्ब ८५ करोड बराबरको सेयर किनबेच भएको थियो। बुधबार कारोबारमा आएका व्यापार र जीवन बीमाकम्पनी बाहेक सबै समूहको सूचक सकारात्मक रहेका छन्।
आजको सेयर बजारमा व्यापार र जीवन बीमा परिसुचक घटेको छ। यस्तै बैंक तथा वित्तीय संस्था, जलविद्युत, निर्जीवन बीमा, उत्पादन, होटल र म्युचअल फण्डको परिसूचक बढेको छ।