नबिल म्युचुअल फण्डका दुई आयोजनाको लाभांश घोषणा, कसले कति लाभांश दिने?

काठमाडौं। नबिल म्युचुअल फण्डअन्तर्गत संचालनमा रहेका दुई योजनाले गत आव २०७६/७७ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन्।

यस सामूहिक लगानी कोषको ‘नबिल ब्यालेन्स फण्ड-२’ र ‘नबिल इक्विटी फण्ड’ ले लाभांश घोषणा गरेका हुन्। भदौ १० गते बसेको नबिल इन्भेष्टमेन्टको संचालक समिति बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले संचालन गरेका यी सामूहिक लगानी कोष योजनामध्ये नबिल ब्यालेन्स फण्ड-२ ले एकाइधनीलाई ९ प्रतिशतका दरले कुल १० करोड ८ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ। यो लाभांशमा करसमेत समावेश भएको छ।

त्यसैगरी, नबिल इक्विटी फण्डका एकाइधनीले पनि ६ प्रतिश नगद लाभांश पाउने भएका छन्। यसका लागि कोषले कुल सात करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ।

दुवै योजनामा दर्ता किताब बन्द (बुक क्लोज) गर्ने सूचना दिएपछि सो अवधिसम्म कायम एकाइधनीले उक्त लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्