‘थपिएका अस्थायी दरबन्दीले सरकारलाई आर्थिक भार पर्दैन’ <p>काठमाडौं। सरकारले अहिले खोलेका अस्थायी दरबन्दीले सरकारलाई थप आर्थिक भार नपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।</p> <p>&ldquo;अस्थायी दरबन्दी १ वर्षका लागि खोलिएका हुन्छन्। त्यस्ता दरबन्दीमा लोकसेवाबाट पूर्ति गर्न सकिएन भने फेरी नविकरण गर्ने व्यवस्था छ,&rdquo; उनले भने,&nbsp;&ldquo;तर, लोकसेवाबाट पूर्ति गर्न नसक्ने अवस्था आएपछि सरकारले पुरानै अस्थायी दरबन्दीलाई नविकरण गरेको हो। यसबाट आर्थिक भार पर्दैन।&quot;</p> <p>अस्थायी दरबन्दी १ वर्षका लागि खोलिएका हुन्छन्।&nbsp;तर, लोकसेवाबाट नविकरण गर्न सकिएन भने फेरी नविकरण गर्न सकिन्छ। अहिले गरिएका अस्थायी दरबन्दी नविकरणका दरबन्दी हुन्। यसबाट सरकारलाई खासै आर्थिकभार पर्दैन।</p> <p>&quot;अहिले अफ्ठ्यारो परिस्थतिमा परिएको छ। त्यसैले हामीले यसको काम गरेका हौं। अहिले उनीहरूलाई सेवाबाट हटाउँदा काम रोकिन्छ त्यसैले&nbsp;गर्दा अस्थायी दर्बन्दी थपिएको हो,&quot;&nbsp; अर्थमन्त्री खतिवडाले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्