निषेधाज्ञामा व्यापारीको मनोमानी: उपत्यकामा पसलैपिच्छे तरकारीको मूल्य फरक

काठमाडौं। काठमाडौं उपत्यकाका तरकारी पसलैपच्छिे फरक÷फरक मूल्य निर्धारण गरिएको पाइएको छ। उपत्यकाको सबैजसो स्थानमा वाणिज्य विभागले गरेको बजार अनुगमनका क्रममा पसलैपच्छिे फरक मूल्य पाइएको हो।

विभागले आज उपत्यकाका कलंकी, कीर्तिपुर, कुसुन्ती, लेले, गोंगबु, बुद्धनगर, आलोकनगर, जोरपाटी, मूलपानी, कालिमाटी, गठ्ठाघर, बालकोट, नैकाप, पेप्सीकोला, टोखा, टिकाथलीलगायत स्थान गरेको अनुगमनमा प्रत्येक पसलमा तरकारीको मूल्य फरक पाइएको विभागका निर्देशक रबिन्द्र आचार्यले जानकारी दिए।

“आज बिहान गरिएको अनुगमनका क्रममा तरकारीको मूल्य पसलैपच्छिे फरक पाइयो,” उनले भने, “अनुगमन गरिएका पसलमा ४० प्रकारका तरकारीको पसलैपिच्छे फरक मूल्यमा बिक्री भइरहेको पायौं।”

उनीहरूले होलसेल बजारबाट किनेर ल्याएको तरकारीलाई फरक÷फरक जिल्ला र स्थान उतपादन भएको बताउँदै फरक मूल्य कायम गर्ने गरेका छन्।

व्यापारीले अत्यावश्यक वस्तुको सूचीमा पर्ने तरकारीमा आफुखुसी मूल्य कायम गर्दा उपभोक्तालाई मार पर्ने गरेको छ।

हेर्नुहोस उपत्यकाका पसलैपच्छिेको फरक मूल्य:

प्रतिक्रिया दिनुहोस्