राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता हुने
काठमाडाैं। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको सन्दर्भ पारेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन आजबाट खुल्ला गरेको छ।

नासोले असोज १ गते राष्ट्रिय विज्ञान दिवस र असोज ४ देखि १० गतेसम्म विश्व अन्तरिक्ष सप्ताहको रुपमा मनाउँदै आएको छ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने नासोद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगितामा सहभाग हुन चाहने विद्यार्थीले असोज १ गतेसम्म नासोको वेबसाइट गएर आवेदन दर्ता गर्नु पर्ने जनाइएको छ।
चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने  विद्यार्थीलाई पुरस्कार स्वरुप क्रमश: १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

“यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ,” नासोले विज्ञप्तिमा भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्