ललितपुर प्रहरीले सञ्चालनमा ल्यायो मोबाइल एप ‘नेपाल पुलिस’
<p>काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले मोबाइल एप ‘नेपाल पुलिस’ प्रयोगमा ल्याएको छ। परिसर प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बिहीबार एपको प्रयोग गरेर शुरुआत गरेका छन्।</p>
<p>नेपाल प्रहरीको काम कारबाहीलाई समयानुकूल प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने उदेश्य अनुसार ‘पाइलट प्रोजेक्ट’ को रुपमा एप प्रयोगमा ल्याएको एसएसपी राईले बताए।</p>
<p>एपको सञ्चालन जनशक्तिको व्यवस्था गरेर सातै दिनको २४ सै घण्टा हुने छ। जुन एपबाट कोभिड–१९ सम्बन्धी उजुरी, घरेलु हिंसा, ज्यान सम्बन्धी, अपहरण, ठगी, यौनजन्य अपराध, लागूऔषध, लुटपाट, डाँका, चोरी, सवारी दुर्घटना, मानिस हराएको, हातहतियार/विष्फोटाक पदार्थ, बाढी, पहिरोलगायतबारे प्रहरीलाई उजुरी गर्न सकिने छ। एपमा ‘प्यानिक मोड इनएबल’ गर्ने सुधिवासमेत रहेको प्रहरीले जनाएको छ।</p>
<p><img alt="" src="/uploads/editor/2020-08-27/153644926nepal police mobile app (1).jpg" /></p>
प्रतिक्रिया दिनुहोस्