काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार दशैंअघि पूर्णरूपमा सञ्चालनमा आउने सम्भावना न्यून बन्दै गएको छ।
२५ असारको बाढीपहिरोले सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि तातोपानी नाका अहिलेसम्म खुल्न सकेको छैन।
जम्बु बजारको बाटो अस्थायी रूपमा बनेपनि तातोपानी सुख्खा बन्दरगाहभन्दा करिब डेढ किलोमिटर तल (काठमाडौंपट्टी) रहेको दाक्लाङमा पहिरो जाँदा नाका १२ दिनदेखि बन्द थियो।
तर, मंगलबारदेखि अस्थायी रूपमा बाटो सञ्चालनमा ल्याइएपनि फेरि बुधबार पहिरो आएर बाटो भत्किएको छ। ४/५ दिन लगाएर तयार पारिएको बाटो फेरि भत्किएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ।बनाएको केही घन्टामै बाटो भत्किँदा चीनसँगको व्यापार मात्र नभई त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि राजधानी ल्याउन समेत समस्या भइरहेको छ।
सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख विजय महतो वर्षायामअघि बाटोलाई स्थायी रूपमा बनाउन नसकिने बताउँछन्।
उनका अनुासार डिभिजन कार्यालयले अस्थायी रूपमा बाटो बनाइरहे पनि पटक-पटक आउने पहिरोले फेरी बाटो अवरुद्ध गरिरहेको छ।
महतोले भने, “हामीले बाटो बनाउने प्रयास जारी राखेका छौं। हरेक ठाँउमा हाम्रा मेसिनहरू तैनाथ राखेका छौं। स्काभेटर र लोडरलाई ठाउँठाउँमा खटाइएको छ।”
तर, बाटो बनाउनसाथ भत्किँदा समस्या भइरहेको सडक कार्यालयले जनाएको छ। बाटो पूर्णरूपमा बनाउन आठदेखि नौ महीना लाग्नेछ। जुन वर्षायाममा सम्भव छैन।
"बाटो बनेर तातोपानी नाका पूर्णरूपमा सञ्चालनमा आउन अबको ८/९ महीना लाग्दा चैत/वैशाख पुग्छ। नाका दशैं अघि पूर्णरूपमा सञ्चालनमा आउन सक्दैन", महतोले भने।
दशैंअघि चीनबाट आयात गरिएका सामान बोकेका मालबाहक ट्रकले निर्वाध ओहोरदोहोर गर्न समस्या हुने अनुमान तातोपानी भन्सार कार्यालयको पनि छ। धेरै ठाँउमा पहिरो जानु तथा भोटेकोशी नदीले सडकको तलबाट भित्रैसम्म कटान गर्दा यस्तो समस्या आएको हो।
डिभिजन सडक कार्यालय र भन्सार कार्यालयका अधिकारीले नै सडकका कालोपत्रे राम्रै देखिने तर मुनिबाट खोलाले भित्रैसम्म कटान गरेको बताएका छन्।
मालबाहक सवारी भासिने जोखिम बढि छ।
रोकिएका ट्रकको सामान बोकाएर काठमाडौं पठाइयो
जम्बु बजारमा बाढीपहिरो जाँदा तातोपानी सुख्खा बन्दरगाहमा करिब १६ वटा मालबाहक ट्रक रोकिएका थिए।
तर, साउन महीनाको अन्तिमसम्म पनि बाटो नबन्दा ७ वटा ट्रकको सामान बोकेर काठमाडौं पठाएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
उनले भने, “आयातकर्ताले बाटो नबिग्रिएको ठाउँसम्मा ट्रकमा ल्याए। र, बाटो बिग्रिएको ठाँउमा मानिसलाई बोकाएर पारी पुर्याए। फेरि अर्को ट्रकमा हालेर सिलबन्दी गरेर पठाइएको छ।”
त्यसक्रममा भन्सारले उनीहरूलाई सहजीकरण गरेको खत्रीले जानकारी दिए। ७ वटा ट्रकको सामान बोकाएर उपत्यकातर्फ लगेपछि भन्सारमा बाँकी ट्रक रोकिएका छन्।
बाटो बन्नसाथ उपत्यकातर्फ जाने तयारीमा बसेका ट्रक फेरी दाक्लाङमा बाटो बिग्रिएपछि त्यही रोकिएका छन्।
" /> काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार दशैंअघि पूर्णरूपमा सञ्चालनमा आउने सम्भावना न्यून बन्दै गएको छ।२५ असारको बाढीपहिरोले सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि तातोपानी नाका अहिलेसम्म खुल्न सकेको छैन।

">