‘डुइङ बिजनेस रिपोर्ट’ स्थगित
काठमाडौं। विश्व बैंकले कारोबारी सहजताका बारेमा वार्षिक रुपमा जारी गर्दै आएको ‘डुइङ बिजनेस रिपोर्ट’ स्थगित गरेको बिहीबार बताएको छ। केही रिपोर्टमा तथ्यांक परिवर्तनका लागि भएका कतिपय अनियमितताका कारण स्थगित गरेको हो।

विश्व बैंकले भनेको छ, ‘‘क्रमश: अक्टोबर २०१७, १८ र १९ मा प्रकाशित डुइङ बिजेनेस रिपोर्टमा तथ्यांक परिवर्तनको सम्बन्धमा कयौं अनियमितता पत्ता लागेको छ। यस्तो परिवर्तन डुइङ बिजनेस रिपोर्टसँग मेल खाँदैन।’’

यस्तो परिवर्तनले जुन देश सर्वाधिक प्रभावित भएको थियो, उनीहरुका प्राधिकरणले विश्व बैंकका कार्यकारी निर्देशकको बोर्डमा यो जानकारी दिएका छन्। यसको प्रभावबारे बैंकले आकलन गरिरहेको बताएको छ।

‘‘यही कारण हामीले रिपोर्ट प्रकाशन स्थगित गर्ने फैसला लिएका हौं,’ विश्व बैंकले भनेको छ।

डुइङ बिजनेस इन्डेक्समा नेपाल ९४औं स्थानमा छ। छिमेकी भारतले यसमा निकै सुधार गरेको देखिन्छ। त्यो छिमेकी अहिले ७९औं स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्