न्यूयोर्क। चिनियाँ भिडिओ सेयरिङ एप टिकटक किन्ने दौडमा अमेरिकाको रिटेल बिक्रेता वालमार्ट पनि सामेल भएको छ।
वालमार्टले माइक्रोसफ्टसँगको साझेदारीमा टिकटक किन्ने इच्छा देखाएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार माइक्रोसफ्ट र टिकटकको डिल अन्तिम चरणमा छ।
यही समयमा वालमार्टले पनि साझेदारी गर्ने भनाइ सार्वजनिक गरेको हो।
टिकटक किन्ने इच्छा व्यक्त गरेको वालमार्टले माइक्रोसफ्टसँग मिलेर काम गर्ने बताएको छ।
अमेरिकी दुई कम्पनीले टिकटकको स्वामित्व खरिद गरेपछि अमेरिकी नियामक निकायको चिन्ता टाढिने वालमार्टको विश्वास छ।
टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सर्ट भिडियो सेयरिङ एप हो।
अमेरिका र चीनबीच तिक्तता बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बन्द गर्ने घोषणा गरिसकेका छन्।
जसअनुसार, अमेरिकी कम्पनी र चिनियाँ कम्पनीबीच केही दिनभित्र डिल नभएमा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ।
सीएनए/एजेन्सी
" /> न्यूयोर्क। चिनियाँ भिडिओ सेयरिङ एप टिकटक किन्ने दौडमा अमेरिकाको रिटेल बिक्रेता वालमार्ट पनि सामेल भएको छ।वालमार्टले माइक्रोसफ्टसँगको साझेदारीमा टिकटक किन्ने इच्छा देखाएको हो।

">