काठमाडौं। कोरोना बीमा सुरु भएको पाँच महिनाको अवधिमा बीमा गर्नेहरूको संख्या आठ लाख ३४ हजार ९३३ नाघेको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाको बीमा गर्न नेपालमा वैशाख ८ गतेदेखि सुरु भएको थियो।
बीमा गर्न सुरु गरेको पाँच महिने अवधिमै (भदौ ११ गतेसम्म) झण्डै साढे आठ लाख मानिस बीमाको पहुँचमा पुगिसकेको नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए।
यस्तै अहिलेसम्म कोरोना बीमाबाट ४६ करोड ९८ लाख रूपैयाँ प्रिमियम (बीमा शुल्क) संकलन भएको छ। भदौ ११ गतेसम्ममा नेपालभरबाट भएको कोरोना बीमाबाट उक्त रकम संकलन भएको हो।
सोही अवधिमा आठ लाख ३४ हजारको बिमा गर्ने क्रममा ९१ हजार २८ वटा बीमा पोलिसी जारी भएका छन्।
संघले महासचिव क्षेत्रीले बिमाको दायरामा धेरै मानिसहरू आइरहेको र दिनदिनै हजारौंले कोरोनाको बीमा गरिरहेको उनको भनाइ छ।
बीमा गर्नेमध्ये सबैभन्दा धेरै कर्पोरेट क्षेत्र, स्वास्थकर्मी र सरकारी अधिकारी रहेको बीमा कम्पनीहरूले बताएका छन्।
यसअघि, बीमा समिति र बीमक संघले जेठ २३ गतेदेखि लागू हुने गरी कोरोनाको बीमा बन्द गर्ने निर्णय गरेको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेपछि दाबी भुक्तानीमा समस्या हुने र बीमा कम्पनी डुब्ने डरले ‘कोरोना बीमा पोलिसी’नै रोकेका थिए।
तर, सरकारले महामारी धेरै फैलिएर दाबी भुक्तानी गर्न नसक्ने स्थिति आए बीमा कम्पनीहरूलाई सहयोग गर्ने बताएपछि फेरि सुरु भएको थियो।
हाल २० निर्जीवन कम्पनीहरूले कोरोनाको बीमा गरिरहेका छन्।
१०८ जनाले पाए दाबी भुक्तानी
बीमा कम्पनीहरूले ५० हजार र एक लाख रूपैयाँको बीमा गरिरहेका छन्। जसअनुसार ५० हजारको बीमा गर्नेले कोरोना संक्रमण पुष्टि भएमा ५० हजार रूपैयाँ पाउँछन्।
यस्तै एक लाख रूपैयाँको बीमा गरेकाहरूले कोरोना पुष्टि भएमा एक लाख रूपैयाँ पाउँछन्। कोरोना बीमा सुरु भएको पाँच महिनाको अवधिमा १०८ जनाले दाबी भुक्तानी पाएका छन्।
१३ जनाले ५० हजार रूपैयाँको दाबी भुक्तानी पाएका छन् भने ९५ जनाले एक लाख रूपैयाँको भुक्तानी पाएका छन्।
१३ जनाले ५० हजारका दरले ६ लाख ५० हजार रूपैयाँको दाबी भुक्तानी पाएको र ९५ जनाले एक लाख रूपैयाँका दरले ९५ लाख भुक्तानी पाएको बीमक संघले बताएको छ।
यी दुवै भुक्तानी जोड्दा कुल एक करोड एक लाख ५० हजार रूपैयाँ हुन आउँछ।
त्यसबाहेक संक्रमण पुष्टि भएका ४९१ जनाको दाबी भुक्तानी प्रक्रियामा रहेको बीमक संघले बताएको छ।
" /> काठमाडौं। कोरोना बीमा सुरु भएको पाँच महिनाको अवधिमा बीमा गर्नेहरूको संख्या आठ लाख ३४ हजार ९३३ नाघेको छ।विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाको बीमा गर्न नेपालमा वैशाख ८ गतेदेखि सुरु भएको थियो।

">