काठमाडौं। पटक–पटकको पहिरोले जर्जर बनाएको सिन्धुपाल्चोकको तातोपानी सडकखण्ड मर्मत गर्न आठ महिनाभन्दा लामो समय लाग्ने देखिएको छ। जसका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने सडक डिभिजन कार्यालयले अनुमान गरेको छ।

सिन्धुपाल्चोकको समेत काम हेर्दै आएको सडक डिभिजन चरिकोटका अनुसार पहिरोले ठाउँ/ठाउँमा भत्काएको तातोपानी सडकखण्डको सम्पूर्ण मर्मतको काम निक} जटिल अवस्थामा छ। चरिकोट डिभिजन प्रमुख विजय महतोले पहिरोबाट भत्काएको सडकलाई भोटेकोसी नदीले पनि भित्रभित्रै कटान गरेकाले मर्मतका लागि लागत र समय बढ्ने भएको हो।

“धेरै ठाउँमा तलबाट खोलाले कटान गरिसकेको छ। कतिपय ठाउँमा कटान गरिरहेको छ,” महतोले देखापढीसँग भने, “पहिरोले पूरै सडक बगाएको ठाँउमा नयाँ अस्थायी ट्र्याक खोलेर मात्र समस्याको स्थायी समाधान हुने देखिन्न।” उनका अनुसार सडक राम्रै देखिएको ठाउँमा पनि तलबाट नदीले कटान गरेकाले जुनसुकै बेला सडक भासिन सक्छ। तलबाट कटानमा परेको सडकमा भारी सवारी साधनहरु चल्नु पर्ने हुँदा जोखिम धेरै हुने उनको भनाइ थियो।

स्थायी समाधानका लागि ‘सकडलाई नदीको तहभन्दा तलसम्म पुगेर नयाँ पर्खाल लगाउनुपर्ने’ उनले बताए। अहिलेसम्म हरेक वर्ष गरिने मर्मतमा सकडको तहभन्दा २ मिटर तलसम्म मात्र खनेर नयाँ पर्खाल लगाइँदै आइएको थियो। त्यसकै कारण वर्षायाममा नदीले सडक कटान गर्ने गरेको प्राविधिकको बुझाइ छ।

“हरेक वर्ष हामीले टालटुले काम गर्दा वर्षायाममा पहिरोले माथिबाट भत्काउने र नदीले तलबाट कटान गर्ने समस्या झेल्दै आएका छौं। स्थायी रुपमा यसको समाधान खोज्नका लागि नदीको तहभन्दा दुई मिटर तलबाट सपोर्ट वाल लगाउनुपर्छ,” महतोले भने।

तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले पनि सडकलाई पहिरोले भन्दा नदीको कटानले बढी क्षति पुर्‍याएको बताए। उनले भने, “नदीको कटानमा परेको सडक माथिबाट हेर्दा राम्रै देखिन्छ। तर, तलबाट भोटेकोशीको कटानले जुनसुकै समयमा भासिन सक्ने अवस्थामा पुर्‍याएको छ।”

सडक विभागलाई पठाइयो अनुमानित लागत
सडक डिभिजन चरिकोटले तातोपानी सडक खण्ड मर्मतका लागि आवश्यक पर्ने अनुमानित लागत सडक विभागलाई पठाइसकेको छ।

यो पटक गत वर्षहरुको जस्तै सडक बनाएको केही महिनामा भत्किने गरी तातोपानी सडकलाई मर्मत गर्ने पक्षमा चरिकोट डिभिजन छैन। डिभिजन कार्यालय यसपाली ठूलै रकम र समय खर्च गरेर भए पनि स्थायी समाधान खोज्ने योजनामा छ। जसका लागि सरकारबाट आवश्यक बजेट बिनियोजन गर्नुका साथै योजनाको अनुमति पनि दिनुपर्छ।

“सकडलाई शून्यबाट मर्मत सुरु गर्नुपर्ने भएकाले धेरै बजेट लाग्ने गरी हामीले विभागलाई प्रस्ताव पठाइसकेका छौं”, चरिकोट डिभिजन प्रमुख महतोले भने, “तर, अहिलेसम्म बजेट बिनियोजन भइसकेको छैन।”

बजेट बिनियोजन भएलगत्तै सडक मर्मतका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा डिभिजन कार्यालय छ। तर, ठेक्का प्रक्रिया पूरा गरे पनि वर्षाका कारणले तत्काल निर्माण प्रक्रिया सुरु हुने अवस्था छैन।

मर्मत गर्न ८ महिनाभन्दा बढी लाग्ने
तातोपानी भन्सारदेखि नै बिग्रिएको सडकखण्ड मर्मतको सम्पूर्ण काम सक्न कम्तीमा पनि ८ महिना लाग्ने अनुमान गरिएको छ।

सडकलाई ‘जेरो लेभल’देखि मर्मत गर्नुपर्ने भएकाले धेरै समय खर्चिनुपर्ने महतोले बताए। उनले भने, “सामान्य हिसाबले बनाउँदा अर्को वर्ष फेरि नदीले कटान गर्छ। त्यसैले राम्रोसँग बनाउने लक्ष्य भएकाले ८ महिनाको समय राखिएको छ।”

उनका अनुसार तातोपानी भन्सार चीनसँगको मूख्या व्यापारिक नाका भएकाले पनि सरकारले उक्त नाकालाई प्राथमिकतामा राखेको छ।

खासगरी, सिन्धुपाल्चोकको भौगोलिक अवस्था जटिल भएकाले त्यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरेको छ। त्यसरी पहिरो जाँदा चीनसँगको मुख्य व्यापारिक नाका समेत ठप्प हुने गरेको छ।

" /> काठमाडौं। पटक–पटकको पहिरोले जर्जर बनाएको सिन्धुपाल्चोकको तातोपानी सडकखण्ड मर्मत गर्न आठ महिनाभन्दा लामो समय लाग्ने देखिएको छ। जसका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने सडक डिभिजन कार्यालयले अनुमान गरेको छ।

"> पहिरोले भत्किएको तातोपानी सडकखण्ड भोटेकोशीको कटानमा, मर्मत गर्नै डेढ अर्ब लाग्ने: Dekhapadhi
पहिरोले भत्किएको तातोपानी सडकखण्ड भोटेकोशीको कटानमा, मर्मत गर्नै डेढ अर्ब लाग्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्