काठमाडौं। करिब तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेपछि उद्योग बन्द थियो।
उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले स्थानीय प्रशासनले उद्योग सञ्चालनका लागि स्वीकृती दिएपछि उत्पादन थालेको जानकारी दिए।
उद्योगले कर्मचारी र कच्चा पदार्थको अभावका कारण आंशिक क्षमतामा रहेर मात्रै सिमेन्ट उत्पादन गर्ने भएको छ। उद्योग खोले पनि विभिन्न जिल्लामा कोभिड-१९ का कारण निषेधाज्ञा रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिने महाप्रबन्धक सिंहले जानकारी दिए।
" /> काठमाडौं। करिब तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेपछि उद्योग बन्द थियो।उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले स्थानीय प्रशासनले उद्योग सञ्चालनका लागि स्वीकृती दिएपछि उत्पादन थालेको जानकारी दिए।

">