बागलुङ। तीन महीनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो।
ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो। पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो ।
बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो। कोरोना संक्रमणको त्रासले व्यवसाय बन्दाबन्दीको पुरानै स्थितितिर फर्कियो। भोलि बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको दुई साता पुग्दैछ।
यस बीचमा बागलुङ नगर क्षेत्रमा कोरोना संक्रमितहरू पनि बढिरहेका छन्। समुदायमा संक्रमण फैलनबाट रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ७-९ बजेको समय छुट्याइएको छ। बाँकी समय बजार ठप्प छ। आवतजावतमा समेत रोक लगाइएको छ।
बजार बन्द हुँदा काम गरी खाने वर्ग र व्यवसायी चर्को मारमा छन्। महामारीबाट बच्न निश्चित समयलाई ‘सटर’ बन्द गर्न तयार व्यवसायी यही अवस्था लम्बिँदै गएमा विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराएर बजार खोल्नुपर्ने धारणा व्यवसायीको छ ।
“निषेधाज्ञा जारी भएको पनि दुई साता पुग्दैछ, अब लामो समयसम्म बजार बन्द गर्न सम्भव छैन, नयाँ विकल्पमा जानुपर्छ”, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए।
मापदण्ड र सुरक्षाका सबै उपाय अपनाउन व्यवसायी तयार रहेको उनको भनाइ छ। रासस
" /> बागलुङ। तीन महीनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो।ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो। पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो ।

">