नयाँ दिल्ली। भारतमा पछिल्लो १५ दिनमा तेह्रौं पटक पेट्रोलको भाउ बढेको छ। शनिबार भारतको संघीय राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९ पैसा भारु बढेको छ। यसअघि शुक्रबार मात्रै भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ११ पैसा भारु बढेको थियो।
भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार भारतमा दिनहुँजसो पेट्रोलको भाउ बढे पनि मूल्यमा भने खासै फरक आएको छैन। यो अवधिमा त्यहाँ प्रतिलिटरमा १ रुपैयाँ ६० पैसा मात्र बढोत्तरी भएको छ।
शनिबारको मुल्यबृद्धिपछि संघीय राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८२.०३ भारु पुगेको छ। तर, पछिल्लो २८ दिनमा भारतीय बजारमा डिजेलको मूल्य स्थिर छ।
भारतमा लगातार मूल्य बढिरहेको पेट्रोलको भाउको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिएको छ। भारतीय आयल कर्पोरेशनले हेरक १५ दिनमा नेपाललाई नयाँ मूल्य सूची पठाउने गरेको छ।
नेपाल आयल निगमका प्रवक्ता बिनित उपाध्यायले भारतीय आयल कर्पोरेशनले नेपाललाई मूल्य पठाउने समय भइसकेको बताए। उनले भने, “भारतले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य बढेपछि आन्तरिक बजारमा बढाएको भए मूल्य बढ्छ।”
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नबढी आन्तरिक बजारका लागि बढाएको भए नेपालमा बढ्न नसक्ने सम्भावना छ। हाल काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा छ।