पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीको भनाइप्रति टानको आपत्ति
काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको भनाइप्रति पर्यटन व्यवसायले आपत्ति जनाएका छन्।

शुक्रबार बीबीसी नेपाली सेवाको एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्वतीय पर्यटन र यससँग आवद्ध पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसाय तथा पर्यटन मजदुरहरूलाई अपमानित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै व्यवसायीले आपत्ति जनाएका हुन्।

‘‘झोलामा कम्पनी बोक्ने, एकाघरकाले कम्पनी चलाएर रोजगारी सिर्जना नगर्ने, कर नतिर्ने र राज्यलाई अत्यन्त नगन्यमात्र योगदान दिएको क्षेत्र रहेको भन्ने शब्द अभिव्यक्तिले यस क्षेत्रमा आवद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वसनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने भाषा, प्रस्तुति र शैलीप्रति भत्र्सना व्यक्त गर्दछ,’’ पर्यटन व्यवसायीहरूको संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोभिड–१९ का कारण तहसनहस बनेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनाको कार्यक्रम ल्याउनुपर्ने जिम्मेवार निकायका अधिकारीलेबाटै यस्तो अभिव्यक्ति आउनु दुःखद् भएको टानले जनाएको छ।

साथै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले उक्त अभिव्यक्तिको सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग टानले गरेको छ। पर्यटन व्यवसायी र मजदुरलाई अपमानित गर्ने उक्त अभिव्यक्ति नसच्च्याए कठोर विकल्प सोच्न बाध्य हुनेसमेत टानले सचेत गराएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्