काठमाडौं। निषेधाज्ञाको समयमा गरिने ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयले होम डेलिभरी व्यवसायमा पनि रोक लगाएको छ। रोक लगाउने प्रशासनको निर्णयप्रति विभिन्न राजनीतिक दल एवम् व्यवसायीले विरोध गर्दै आएका छन्।
निषेधाज्ञाको केही दिनपछि होम डेलिभरी व्यवसाय गर्न रोक लगाएको प्रशासनले व्यवस्थित तरिकाले मापदण्ड बनाएर सञ्चालन गर्न दिने तयारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घरघरमा सेवा तथा सामान पुर्याउने कम्पनीलाई सेवा सञ्चालन गर्न दिन मापदण्ड बनाउनका लागि एक समिति गठन भइसकेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि छन्।
प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेको छ।