रुसले बनायो हावामा कोरोना जाँच गर्ने डिभाइस
काठमाडौं। हावामा कोरोना भाइरस बाँच्छ कि बाँच्दैन, हावाबाट यो सर्छ कि सर्दैन भन्ने सवालमा लामो बहस चल्यो तर दुविधा अझै कायम छ।

यही दुविधाबीच रुसले यस्तो डिभाइस तयार पारेको दाबी गरेको छ कि, डिभाइसले कोरोना भाइरस हावामा छ कि छैन भन्ने यकिन गर्छ। उक्त डिभाइसले कोरोनामात्र होइन, ब्याक्टेरिया, विषालु पदार्थ र हावामा अन्य भाइरसको अस्तित्वसमेत रहेको–नरहेको पत्ता लगाउँछ।

यो डिभाइस रुसको केएमजे फ्याक्ट्रीले डिफेन्स मिनिस्ट्री तथा कोरोना भ्याक्सिन बनाउने गामालेया इन्स्टिच्युटसँग मिलेर तयार पारेको हो। यो डिभाइसको नाम ‘डिटेक्टर बायो’ राखिएको छ।

शुक्रबार मस्कोनजिक आयोजित सैन्य औद्योगिक सम्मेलन ‘आर्मी २०२०’ मा यसको प्रदर्शन गरिएको थियो। रुसी केएमजीले संसारमा प्रसिद्ध जेनिट क्यामरा निर्माण गर्दै आएको छ।

डिटेक्टर बायो कुनै पकेट डिभाइस भने होइन, यो रेफ्रिजेरेटरजस्तै देखिन्छ। बाहिरबाट हेर्दा यसमा सानोसानो प्रयोगशाला देखिन्छ, जसले हावालाई आफूतर्फ खिचेर त्यसको परीक्षण गर्छ।

पहिलो चरणमा यसले १० देखि १५ सेकेन्डमा हावामा रहेको भाइरस, ब्याक्टेरिया तथा कुनै विषालु पदार्थ जाँच (अलर्ट पठाउँछ) गर्छ।

परीक्षणका लागि डेढदेखि दुई घण्टासम्म लाग्छ। यो डिभाइस विमानस्थल, मेट्रो या रेल स्टेसनजस्ता सार्वजनिक स्थानमा राख्न सकिने केएमजेले बताएको छ।
(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्