पर्वतारोहणका लागि बहराइनका राजकुमार नेपाल आउने
<p>काठमाडौं। सरकारले बहराइनका राजकुमारलाई पर्वतारोहणका लागि चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिने भएको छ।</p>
<p>नेपाल सरकारको भदौ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।</p>
<p>यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय हो।</p>
<p>उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर नेपाल आउन र लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्