असोज १ गतेसम्म अन्तरजिल्ला र लामो दूरीका यातायात नचल्ने

काठमाडाैं। सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिए।

यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उनले बताए।

त्यस्तै असोज १ गतेसम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

स्थानीय तह र प्रदेश सरकारको विश्लेषणको आधारमा थप निर्णय गरिने अर्थमन्त्री खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्