यस्तो छ जिओनीको सस्तो स्मार्टफोन
काठमाडौं। चिनियाँ मोबाइल कम्पनी जिओनीले लामो समयपछि भारतमा स्मार्टफोन बिक्री सुरु गरेको छ।

कम्पनीले सस्तो मूल्यको स्मार्टफोन जिओनी म्याक्ससँगै फेरि भारतीय बजारमा पुनरागमन गरेको छ। कम्पनीले जिओनी म्याक्सलाई विशेष प्रकारका स्मार्टफोन मनपराउने प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरेको छ।

भारतीय बजारमा उपलब्ध भएको स्मार्टफोनको मूल्य ५ हजार ९९९ भारतीय रुपैयाँ छ। यो फोन कालो, रातो र निलो कलर भेरियन्टमा बजारमा उपलब्ध छ। यस फोनमा शक्तिशाली ब्याट्री र ठूलो डिस्प्ले रहेको कम्पनीको भनाई छ।

फोनमा ६.१ इञ्चका एचडी प्लस डिस्प्ले छ। यसमा २.५डी कबर ग्लास छ। यस्तै, यो फोनमा ५००० एमएएच ब्याट्री छ भने ब्याट्री ब्याकप उत्कृष्ट रहेको कम्पनीको भनाई छ।

त्यस्तै, यो फोनमा १३ मेगापिक्सेल क्यामेरा उपलब्ध छ। साथै सेल्फीको लागि बनाइएको फ्रन्ट क्यामेरामा ५ मेगापिक्सलेक क्यामेरा राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्