काठमाडौं। धुम्बराही पार्टी प्यालेसका सञ्चालक महेशप्रसाद त्रिपाठीले पार्टी प्यालेस सञ्चालन गरेको १० वर्ष भइसक्यो। व्यवसाय सञ्चालन गरेदेखि अहिलेसम्म उनले खासै ठूलो समस्या भोग्नुपरेको थिएन।
२०७२ सालमा भूकम्प र नाकाबन्दीले केही समस्या भोगेपनि पूरै सिजन खेर गएको थिएन्। तर, यतिबेला कोरोना महामारीका कारण पार्टी प्यालेसको पूरै सिजन खेर गएको उनको भनाइ छ।
भने, “पार्टी प्यालेसको मूख्य सिजन मंसिरदेखि जेठसम्म हो। यही ६/७ महीनाको सिजन खेर जाँदा धेरै समस्या भएको छ।” यद्यपी, यो वर्षको आधा सिजन भने पार्टी प्यालेस व्यवसायीले सदुपयोग गरे।
तर, चैत ११ गतेलेखि भएको लकडाउनका कारण यतिबेला व्यवसाय पूर्णरुपमा ठप्प छ। पार्टी प्यालेस शुरू गर्दा त्रिपाठीले एक करोड ३० लाख रूपैयाँको लगानी गरेका थिए।
व्यवसाय बढ्दै गएपछि लगानी थपेर ३ करोड पुर्याइसकेका छन्। हरेक सिजनमा ४०/५० लाख रुपैयाँको कारोबार हुने गरेकोमा यो सिजन सुख्खा भएको उनले बताए।
यस्तै, चावहीलको सरस्वती नगरमा रहेको वेलकम पार्टी प्यालेसका सञ्चालक राधाकृष्ण पुडासैनीले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए।
देखापढीसँग कुरा गर्दै उनले भने, “१० जना कर्मचारी राखेको छु। तर, काम नहुँदा उनीहरूलाई तलब दिनै समस्या भइरहेको छ।”
इभेन्ट एण्ड भेन्यू एशोसियसन नेपालका अनुसार देशभरका करिब पाँच हजार पार्टी प्यालेसमा १५ अर्बको हाराहारीमा लगानी छ। करिब ६० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। जसमध्ये १५ प्रतिशत कर्मचारीकै रूपमा छन्।लकडाउनका कारण यतिबेला ती सबै श्रमिक बेरोजगार बनेका छन् भने देशभरको पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम पनि बढ्दो नै छ।
कर्मचारीलाई मात्रै तलब खुवाउनु परेको भए समस्या नहुने बताउँदै उनले पार्टी प्यालेसको भाडा र व्यवसाय सञ्चालन गर्दा लगानी गर्न लिएको बैंकको ऋणको किस्ताले समस्या थपिएको बताएका छन्।
तलबी सुविधामा थोरै कर्मचारी राखेर चलाउने पार्टी प्यालेसले सिजनको समयमा कन्ट्र्याक्टमा कर्मचारी बोलाउँछन्। प्यालेसहरूले सिजनको समयमा ४०/५० जनासम्म कुक र वेटर जागिर दिने गरेका छन्।
नयाँ बजारमा ४ वर्षअघि खुलेको ए वान क्याफे एण्ड पार्टी प्यालेसको पनि अरुको जस्तै समस्या हो। सिजनको समयमा करिब ५० लाख रूपैयाँको कारोबार हुने गरेको उक्त पार्टी प्यालेसलाई यतिबेला बैंकको किस्ता तिर्नै समस्या भइरहेको छ।
प्यालेसका म्यानेजर सुवास श्रेष्ठले कर्मचारीलाई तलब खुलाउनदेखि बैंकको ऋण तिर्न समस्या भइरहेको बताए। भने, “यो वर्षको सिजन पनि खेर गयो भने व्यवसायबाट पलायन हुनुबाहेकको विकल्प छैन।”
२०/२२ जना कर्मचारी राखेर चलिरहेको प्यालेस दुई करोड ५० लाख रूपैयाँको लगानीमा खुलेको थियो। तर, खुलेको ४ वर्षपछि नै ठूलो संकटको सामना गर्दै सम्भावित पलायनसँग जुध्दैछ।
इभेन्ट एण्ड भेन्यू एशोसियसन नेपालका अनुसार देशभरका करिब पाँच हजार पार्टी प्यालेसमा १५ अर्बको हाराहारीमा लगानी छ। करिब ६० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। जसमध्ये १५ प्रतिशत कर्मचारीकै रूपमा छन्।
लकडाउनका कारण यतिबेला ती सबै श्रमिक बेरोजगार बनेका छन् भने देशभरको पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम पनि बढ्दो नै छ।
खुलेका मध्ये केही पार्टी प्यालेस बन्द गर्नुनै पर्ने बाध्यता पर्ने एशोसियशनको भनाइ छ। यद्यपी, कतिपय पार्टी प्यालेसले फुडमान्डु र फुडमारियोसँगको सहकार्यमा अनलाइन फुड डेलिभरीको काम गर्दै आएका थिए।
तर, प्रशासन कार्यालयले होम डेलिभरीको काम पनि रोकेपछि थप समस्यामा परेको एवान पार्टी प्यालसका म्यानेजर श्रेष्ठले बताए।
" /> काठमाडौं। धुम्बराही पार्टी प्यालेसका सञ्चालक महेशप्रसाद त्रिपाठीले पार्टी प्यालेस सञ्चालन गरेको १० वर्ष भइसक्यो। व्यवसाय सञ्चालन गरेदेखि अहिलेसम्म उनले खासै ठूलो समस्या भोग्नुपरेको थिएन।२०७२ सालमा भूकम्प र नाकाबन्दीले केही समस्या भोगेपनि पूरै सिजन खेर गएको थिएन्। तर, यतिबेला कोरोना महामारीका कारण पार्टी प्यालेसको पूरै सिजन खेर गएको उनको भनाइ छ।

">