फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

काठमाडाैं। पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ।

भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले वृद्धि भएको छ।

महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० पुगेको छ।

सोमबार छापावाल सुनको मूल्य रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० ले बढेर एक हजार ३९५ पुगेको छ।

शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला रु ९७ हजार २०० र सोमबार रु ९७ हजार ५०० पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्