पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। भारतीय आयल निगमले मूल्य बढाएर पठाएपछि नेपालमा मूल्य बढेको निगमले बताएको छ।

निगमले मूल्य बढाएपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ कायम भएको छ। यसअघि, उपत्यकामा पेट्रोलको मूल्य १०५ रुपैयाँ प्रतिलिटर थियो।

भारतीय आयल निगमले हरेक १५ दिनमा नेपाललाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यसूची पठाउँछ। सोहीअनुसार, नेपालमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ निर्धारण हुन्छ।

भारतीय आयल निगमले सेप्टेम्बर १ अर्थात आज मंगलबार नयाँ मूल्यसूचि पठाएपछि नयाँ मूल्य निर्धारण तय भएको हो।

पछिल्लो समय भारतमा लगातार पेट्रोलको भाउ बढीरहेको छ। भारतीय बजारमा पेट्रोलको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ।

भारतमा पछिल्लो १६ दिनमा १४ पटक पेट्रोलको मूल्य बढेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। तर, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एल.पी ग्यासको को मूल्य भने यथावत रहेको छ।

प्रतिक्रिया दिनुहोस्