काठमाडौं। कार्यदलले प्रतिवेदन वुझाएसँगै केही मत्थर भएजस्तो देखिएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद राष्ट्रिय सभामा मनोनित हुने सदस्यको विषयले फेरि गिजोलिने संभावना बढेको छ।विवादको केन्द्रमा छन् अर्थमन्त्री डा. युवराज खतिवडा।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले २०७४ फागुन ३ मा दोस्रो पटक देशको बागडोर सम्हाल्दा देशको ढुकुटीको साँचोे गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति डा. युवराज खतिवडाको हातमा दिए। केही समय प्राध्यापन गरेका, लामो समय राष्ट्र बैंकको कर्मचारी भएका, दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका र नेपाल राष्ट्र बैंकमा सर्वाधिक सफल गभर्नर मानिएका डा. खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी लिएर सिंहदरवार प्रवेश गर्दै गर्दा धेरैले छिमेकी मुलुक भारतमा त्यहाँका प्रधानमन्त्री पीभी नरसिंह रावले डा. मनमोहन सिंहलाई अर्थमन्त्री बनाएको घटनासँग तुलना गरेका थिए।

विश्वविद्यालय अनुदान आयोगमा काम गरिरहेका सिंहलाई ल्याएर रावले भारतको अर्थमन्त्री बनाएका थिए। उनै मनमोहन सिंहको पालामा ल्याएको नीतिले भारतलाई विश्वकै ठूलो अथतन्त्र भएको मुलुकको रूपमा स्थापित गर्‍यो। अर्थमन्त्रीमा सफल भएका मनमोहन सिंह दुई कार्यकाल (१० वर्ष) प्रधानमन्त्री भए।

टेक्नोक्र्याट खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा सिंहदरवार प्रवेश गर्दा उनलाई धेरैले मनमोहन सिंहकै रूपमा हेरेका थिए। तर, जो राजनीतिक पृष्ठभूमिबाट आएका थिए, उनीहरूलाई खतिवडा अर्थमन्त्री भएको मन परेको थिएन।

राजनीतिक कसीमा परीक्षण नभई अर्थमन्त्रीको जिम्मेवारी पाएका कारण नेकपा भित्रै उनलाई आलोचना गर्ने र असहयोग गर्नेको समूह ठूलो थियो, र छ। तर, बुझिए अनुसार प्रधामन्त्री केपी शर्मा ओली भने खतिवडालाई अर्थमन्त्रीमा   निरन्तरता दिन चाहन्छन्।

हुन त अहिले अर्थमन्त्री खतिवडा मन्त्रीको शपथ लिएको हिसाबले दोस्रो कार्यकालमा छन्। दोस्रो कार्यकालको समयअवधि यही भदौ २० गते सकिनेछ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन जना सदस्यमध्येमा मनोनित भएका खतिवडाको कार्यकाल गोलाप्रथामा दुई वर्ष मात्रै पर्‍यो। पहिलो कार्यकालको अवधि गत फागुन २० मा सकियो। त्यसबेला पनि खतिवडालाई मन्त्रीमा दोहोर्‍याउन नहुने मत नेकपाभित्र ठूलो थियो। तर, चरम राजनीतिक किचलोलाई चिरेर फागुन २१ मा उनले दोस्रो पटक अर्थमन्त्रीको शपथ लिएका थिए।

दोस्रो पटक अर्थमन्त्रीको पदबहाली गर्ने बेलामा खतिवडाले भनेका थिए, “कमाण्डरले चाहेसम्म मैदानमा रहन्छु।” तर, अहिले खतिवडा सांसद छैनन्। नेपालको संविधानले सांसद नभएको व्यक्ति ६ महिनासम्म केन्द्रीय सरकारको मन्त्री हुन पाउने र त्यसअवधि भित्र सांसदको सपथ ग्रहण गरेमा मात्रै मन्त्री पद निरन्तर रहने व्यवस्था गरेको छ। संविधानको सोही व्यवस्थाको कारण अर्थमन्त्री खतिवडाको कार्यकाल अहिले संघारमा आएको छ।

सरकारका कमाण्डर प्रधमानमन्त्री ओलीले फेरि पनि खतिवडालाई मैदानमा निरन्तरता दिन चाहेका छन्। तर, पार्टीमा फेरि पनि खतिवडाको बारेमा किचलो सुरु भएको छ।

राष्ट्रिय सभामा बाँकी रहेको मनोनित मध्येको एक सिटमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले आँखा लगाएका छन्। बर्दियाबाट चुनाव हारेका गौतम संसद छिर्न विभिन्न झ्यालहरू प्रयोग गर्न खोजिरहेका छन्। तर, ती झ्याल खोल्न उनी सफल भएका छैनन्। यस पटक अर्थमन्त्री खतिवडालाई पाखा लगाएर संसद छिर्ने अन्तिम झ्याल गौतमले हेरिरहेका छन्।

अर्थमन्त्रीमा खतिवडाको निरन्तरता किन चाहन्छन् ओली ?
कोरोना महामारीका कारण विश्वभरको अर्थतन्त्र शिथिल भइरहेको बेला नेपालको अर्थतन्त्र पनि तहसनहस हुने आलकन धेरैको थियो। तर, अर्थमन्त्री खतिवडाले अर्थतन्त्रलाई धेरै विग्रिन नदिएको बुझाई धेरैको छ।

अर्थमन्त्रीको रूपमा खतिवडाले राम्रै काम गरिरहेको तर, उनलाई व्यक्तिगत रूपमा नरूचाउने समूहले आलोचना गरिरहेको विश्लेषण बालुवाटारको पनि छ। “पार्टी भित्र आफू अनुकूल नभएको, ठगी र कर छलीमा संलग्न व्यापारीहरूले अर्थमन्त्रीको आलोचना गरेका छन्। कसको आलोचना भएको छैन र ?”, वालुवाटार निकट स्रोतले भन्यो।

खतिवडालाई रोक्न चाहने नेकपा भित्रकै समूहले उपाध्यक्ष गौतमलाई उचालेको बालुवाटारको बुझाई छ। यसअघि गौतमले राष्ट्रिय सभामा नजाने भनेकै कारण नेकपा सचिवालय बैठकले उनलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको थियो। तर, गौतम अहिले आफू राष्ट्रिय सभा सदस्य बन्न तयार रहेको बताउन थालेका छन्।

“अर्थमन्त्रालयको प्रयोग गरेर व्यापारिक लाभ लिन नपाएको पार्टी भित्रकै समूह अर्थमन्त्री खतिवडाप्रति रूष्ट छ। उनीहरू नै खतिवडालाई जसरी पनि रोक्नुपर्छ भनेर लागि रहेका छन्”, अर्थमन्त्रालय स्रोतले भन्यो।

अन्य समयमा विदेशबाट सामान आयात गर्दा भन्सारमा समेत अर्थमन्त्रीको पहुँच प्रयोग हुन्थ्यो। खतिवडा अर्थमन्त्री भएर आएपछि त्यस्तो राजनीतिक संरक्षण बन्द भएको छ। अर्कोतर्फ, अर्थमन्त्री खतिवडाको अन्तर्राष्ट्रिय दातृ निकायसँगको गहिरो सम्बन्धको प्रभाव प्रधानमन्त्री ओलीलाई परेको छ। अन्तर्राष्ट्रिय बहुपक्षीय दातृ निकायसँग खतिवडाको जस्तो बलियो सम्बन्ध नेकपाभित्र सायदै अरूको छ।

गत भदौ ५ मा अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर बीच भएको भिडियो कन्फ्रेन्समा कोभिड-१९ महामारीको नकरात्मक प्रभावका बाबजुद अर्थमन्त्री खतिवडाको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेको भन्दै उपाध्यक्ष सेफरले प्रशंसा गरेका थिए। विभिन्न अबरोधका बाबजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रूपमा विश्व बैंकको बोर्डमा प्रस्तुत गर्ने योजना रहेको पनि त्यसबेला सेफरले बताएका थिए।

त्यसैगरी, यसअघि पनि गएको लगानी सम्मेलनमा विश्व बैकले राइजिङ स्टारको रुपमा नेपाललाई प्रस्तुत गरेको थियो। यी सबै विषयमा जानकार रहेका प्रधानमन्त्री ओली खतिवडा पछि अर्थमन्त्रीको चर्चामा रहेका व्यक्तिले अन्तर्राष्ट्रिय दातृ निकायलाई यसरी प्रभाव पार्न नसक्नेमा स्पष्ट छन्।

यता, अर्थमन्त्रालयका वरिष्ठ अधिकारीहरुले समेत अहिलेको अवस्थामा खतिवडा नभए अर्थतन्त्र धान्न नसकिने बिफ्रिङ प्रधानमन्त्रीलाई गरेका छन्। अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको केही समयमा अर्थमन्त्री खतिवडाले जारी गरेको श्वेत पत्रमा देशको ढुकुटी रित्तो रहेको बताएका थिए। अर्थमन्त्रीले जिम्मेवारी सम्हालेयता गत वर्ष बाहेक तीन वर्ष निरन्तर ७ प्रतिशतको आर्थिक वृद्धी हासिल भएको थियो। यही कारण पनि खतिवडाको निरन्तरताप्रति प्रधानमन्त्री सकारात्मक रहेको उनी निकट नेताहरू बताउँछन्।

ओली निकट एक नेताले भने, “कोरोना महामारीले अर्थतन्त्र विग्रेको बेलामा अर्थतन्त्रका सबै अवयव गहिरोसँग बुझेका व्यक्तिलाई जिम्मेवारीबाट हटाउने कुरा हुँदैन। अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता हुन्छ।”

" /> काठमाडौं। कार्यदलले प्रतिवेदन वुझाएसँगै केही मत्थर भएजस्तो देखिएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद राष्ट्रिय सभामा मनोनित हुने सदस्यको विषयले फेरि गिजोलिने संभावना बढेको छ।विवादको केन्द्रमा छन् अर्थमन्त्री डा. युवराज खतिवडा।

"> कमाण्डरको चाहना के छ ?: Dekhapadhi खतिवडालाई पुनः अर्थमन्त्रीमा देख्न नचाहने स्वार्थ समूहले वामदेव गौतमलाई प्रयोग गरिरहेको छ।
• महामारीमा अर्थतन्त्र जोगाउन सफल भए।
• अन्तर्राष्ट्रिय दातृ निकायको विश्वास जित्न खतिवडाजति सक्षम व्यक्ति नेकपाभित्र अरू व्यक्ति छैनन्।

कमाण्डरको चाहना के छ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्