काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनमा गरेको बजार अनुगमनबाट ४० लाख रूपैयाँ राजस्व संकलन भएको छ।
विभागले भदौ १ गतेदेखि १५ गतेसम्म गरेको अनुगमनबाट ४० लाख ३५ हजार रूपैयाँ संकलन गरेको निर्देशक रविन्द्र आचार्यले बताए।
बजार अनुगमनका क्रममा उपभोक्ता ठग्ने पसललाई कारबाहीस्वरुप जरिवाना गर्दा उक्त रकम संकलन भएको आचार्यले बताए।
विभागले यस अवधिमा विभिन्न सामग्री वितरण गर्ने ६८ वटा फर्मलाई कारबाही गरेको बताएको छ। बजार अनुगमनका क्रममा विभागले १५ दिनको अवधिमा उपत्यकाका २७३ वटा फर्मको अनुगमन गरेको थियो।
महामारीको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गर्ने र मूल्यवृद्धि गर्न सक्ने सम्भावना रहन्छ। यसका साथै, चाडबाड नजिकिँदै जाँदा विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको जानकारी दिएको छ।
अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट तीन लाख, औषधि पसलबाट पाँच लाख, खाद्य तथा किराना पसलबाट पाँच लाख ८० हजार, गार्मेन्टबाट ५० हजार रूपैयाँ राजश्व सङ्कलन भएको हो।
यस्तै, डिपार्टमेन्टल स्टोरबाट दुई लाख ६० हजार, तरकारी पसलबाट १० हजार, निर्माण सामग्रीबाट ५० हजार र पानी उद्योगबाट ९ लाख राजस्व संकलन भएको छ।
त्यसैगरी पार्टी प्यालेसबाट तीन लाख, फलफूल पसलबाट ५५ हजार, मार्टबाट ७० हजार, मासु पसलबाट तीन लाख र मास्क उत्पादन गर्ने उद्योगबाट एक लाख ५० हजार रूपैयाँ संकलन गरेको हो।
" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनमा गरेको बजार अनुगमनबाट ४० लाख रूपैयाँ राजस्व संकलन भएको छ।विभागले भदौ १ गतेदेखि १५ गतेसम्म गरेको अनुगमनबाट ४० लाख ३५ हजार रूपैयाँ संकलन गरेको निर्देशक रविन्द्र आचार्यले बताए।

">