भारतमा लोकप्रिय गेमिङ एप 'पब्जी'सहित ११८ चिनियाँ एपमाथि प्रतिबन्ध
काठमाडौं। भारतले पब्जी लगायत ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्दसँगै अब भारतमा पब्जी लगायत ११८ चिनियाँ एप चलाउन सकिने छैन।

लद्दाखमा चीन र भारतबीच तनाव बढिरहेका बेला भारतले चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको हो। भारतको सुरक्षा, सार्वभौकिता र अखण्डताको लागि चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएको भारतले जनाएको छ।

भारतमा ३ करोड ३० लाख जना मल्टिप्लेयर भिडियो गेमिङ मोबाइल एब पब्जी खेलमा सक्रिय रहेको अनुमान छ। दैनिक एक करोड ३० लाखले भारतमा यो गेम खेल्ने गरेको एक अध्ययनले देखाएको छ।

भारतले यसअघि टिकटक लगायत दुई सयभन्दा बढी एपहरुमाथि प्रतिबन्द लगाएको थियो।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐनको ‘सेक्सन ६९ए’ दिएको अधिकार प्रयोग गरी चिनियाँ एप माथि प्रतिबन्ध लगाइएको जनाएको छ।

भारतलाई बढी सुरक्षित बनाउन चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनु परेको मन्त्रालयले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्