पाँच अन्तरराष्ट्रिय उडानमार्फत फर्किए ३४८ नेपाली
काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन्।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौं ल्याएको छ।

निगमले नियमित उडानअन्तर्गत आज काठमाडाैं-नारिता गन्तव्यमा पहिलो उडान गरेको हो। निगमको जहाज केही बेरअघि मात्र काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो।

आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौं ल्याएको छ। कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ।

कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ। बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन्। हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौँ गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ।

आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन्। तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्