काठमाडौं। रामेछाप दोरम्बाका श्याम श्रेष्ठले गत वर्ष मंसीरमा बागबजारस्थित ध्याकुचा गल्लीमा ब्वाइज होस्टल खोले। विभिन्न जिल्लाबाट काठमाडौं पढ्न आएका विद्यार्थीलाई राख्ने उद्देश्यसहित उनले होस्टल व्यावसाय शुरू गरेका थिए।
होस्टल खोल्न नपाउँदै उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएका कक्षा ११ र ब्याचलर पढ्ने विद्यार्थी आइसकेका थिए। खोलेको ४ महीनासम्म श्रेष्ठले होस्टललाई राम्रैसँग चलाए।
सिंगो घरमा रहेको होस्टलमा ३५ विद्यार्थीको बसोबास थियो। तर, अचानक पूरा विश्वलाई आतंकित बनाउने गरी आएको कोरोना भाइरसको महामारीका कारण चैतयताका दिन श्रेष्ठले सोचेजस्तो भएनन्। ११ चैतमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा भएसँगै सबै शैक्षिक संस्था बन्द भए। जुन अहिलेसम्म खुलेका छैनन्।
करिव ५० हजार विद्यार्थीलाई सेवा दिँदै आएका देशभरका होस्टलबाट ८ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। संघका अनुसार घरबेटीले भाडा छुट दिएका र केही सहुलियत पाएका होस्टल व्यवसायी अहिलेसम्म टिकेका छन्।
शैक्षिक संस्था बन्द भएपछि विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएका विद्यार्थी घर फर्किँदा होस्टल व्यावसाय एकाएक धरापमा पर्यो। साउनमा लकडाउन खुकुलो भयो, तर शिक्षण संस्था खुलेनन्। अझै अनिश्चित कालसम्म शिक्षण संस्था खुल्ने संकेत श्रेष्ठले देखेनन्। त्यसैले घाटामा गइरहेको व्यावसायको अनिश्चितता धेरै दिनसम्म उनले थेग्न सकेनन्, साउनबाट उनले होस्टल छोडे।
पछिल्लो १० वर्षदेखि न्यू प्लाजा, बागबजार र बानेश्वरको थापा गाउँमा ब्वाइज र गर्ल्स होस्टल चलाएर बसेका स्याङ्जाका विशाल थापा मगरले पनि व्यावसाय छोड्नु पर्यो।
श्रेष्ठ र मगर महामारीका कारण व्यावसायबाट पलायन हुने प्रतिनिधि पात्र मात्र हुन्। नेपाल होस्टल संघका अनुसार देशभरबाट पछिल्लो ६ महीनामा १५० जना व्यवसायी पलायन भइसकेका छन्।
संघको तथ्यांकमा देशभर एक हजार ५०० को हाराहारीमा होस्टल छन्। डेढ सय व्यावसायी पलायन भइसके भने थप २०० पलायन हुने तरखरमा रहेको संघले जनाएको छ।
संघका अध्यक्ष भक्तिप्रसाद पाठकले नेपालको होस्टल व्यवसायमा करिब एक अर्ब २० करोड रूपैयाँ बराबरको लगानी रहेको बताए। भने, “देशभरका व्यवसायीले यस क्षेत्रमा सानो-सानो गरी धेरै लगानी गरेका छन्।”
करिव ५० हजार विद्यार्थीलाई सेवा दिँदै आएका देशभरका होस्टलबाट ८ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको पाठकले बताए। संघका अनुसार घरबेटीले भाडा छुट दिएका र केही सहुलियत पाएका होस्टल व्यवसायी अहिलेसम्म टिकेका छन्।
“बाँकी व्यावसायी पलायन भइसके वा हुने तरखरमा छन्,” पाठकले भने, “पूरा व्यावसाय नै धरासायी होला भन्ने अवस्थामा पुगिसक्यो।”
शिक्षण संस्था नखुली होस्टल व्यवसाय लयमा फर्किदैन भन्नेमा व्यवसायीहरू ढुक्क छन्। सानो व्यावसाय, सानै नाफा, सानै लगानी अनि उस्तै निर्वाहमुखी लगानीकर्ता भएकाले लामो समय अन्योलमा नफर्कने बताउँछन्।
“शैक्षिक संस्था नखुलेसम्म घर छाडेर विद्यार्थी शहर बस्न आउँदैनन्”, अध्यक्ष पाठक भन्छन्, “विद्यार्थी नआएसम्म घरको भाडा तिर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र हो।”
" /> काठमाडौं। रामेछाप दोरम्बाका श्याम श्रेष्ठले गत वर्ष मंसीरमा बागबजारस्थित ध्याकुचा गल्लीमा ब्वाइज होस्टल खोले। विभिन्न जिल्लाबाट काठमाडौं पढ्न आएका विद्यार्थीलाई राख्ने उद्देश्यसहित उनले होस्टल व्यावसाय शुरू गरेका थिए।होस्टल खोल्न नपाउँदै उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएका कक्षा ११ र ब्याचलर पढ्ने विद्यार्थी आइसकेका थिए। खोलेको ४ महीनासम्म श्रेष्ठले होस्टललाई राम्रैसँग चलाए।

">