भन्सार छलीको ६७ बोरा केराउ बरामद
<p>कैलाली। धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट भन्सार छली गरी भारततर्फ तस्करी गर्न लागेको करिब १ लाख ५८ हजार ७ सय ५० रुपैयाँ बराबरको ६७ बोरा केराउ प्रहरीले बरामद गरेको छ।</p>
<p>उक्त क्षेत्रमा सरसामान तस्करी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त केराउ बरामद गरेको हो।</p>
<p>उक्त केराउ आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्