भारतमा टिकटकको स्थान लिँदै 'स्न्याक भिडिओ', दुई करोडभन्दा बढी डाउनलोड
नयाँ दिल्ली। लद्दाखमा सीमा विवाद चर्किएपछि भारत सरकारले २९ जुनमा ५९ वटा चिनियाँ एप प्रतिबन्ध लगाएको थियो। भारत सरकारले चिनियाँ एपलाई प्रतिबन्द लाएपछि भारतीय बजारमा अन्य एपको लागि ढोका खुलेको थियो।

तर, चिनियाँ सर्ट सेयरिङ भिडिओ एप टिकटक बन्द भएपछि त्यसको स्थान पनि चिनिँया एप स्न्याक्स भिडियोले लिएको छ। टिकटक बन्द भएपछि भारतमा स्न्याक्स भिडिओ २.३ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

भारतमा लोकप्रिय बनेपछि अगस्ट ३ मा गुगल प्लेस्टोर लोकप्रिय पाँच सर्ट भिडिओ एपमध्ये स्न्याक्स भिडियो पनि एउटा थियो। बाँकी ४ एप भारतीय थिए।

स्न्याक्स भिडिओ एप बनाउने चिनियाँ कम्पनी कुआशु टेक्नोलोजीको अर्को एप 'कुवाई' यसअघि नै भारतमा बन्द भइसकेको छ।
भारतले अहिलेसम्म २२४ वटा चिनियाँ एपको प्रयोगमा प्रतिबन्द लाइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्