अमेरिकी चुनावको सात दिन अघिबाट राजनीतिक विज्ञापन बन्द गर्ने फेसबुकको घोषणा

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले आगामी नाभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको सात दिनअघिबाट कुनै पनि राजनीतिक विज्ञापन नलिने घोषणा गरेको छ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो पेजमार्फत उक्त नीति सार्वजनिक गरेका हुन्।

उनले विभाजनका कारण मुलुकमा निम्तिन सक्ने सम्भावित नागरिक अशान्तिप्रति आफू चिन्तित रहेको बताएका छन्।

उम्मेदवारहरूले भोट माग्ने अभिप्रायले फेसबुकमा गर्ने पोस्टलाई समेत बन्देज लगाइने उनले प्रस्ट पारेका छन्। साथै, मत गणना सम्पन्न हुनुअघि नै विजयी घोषणा गर्नसमेत प्रतिबन्ध लगाइनेछ।

‘‘यो चुनाव सामान्य रूपमा व्यवसाय हुने छैन,’’ जुकरबर्गले लेखेका छन्, ‘‘ हाम्रो राष्ट्र यति विभाजित छ र चुनावको परिणाम आउन सम्भावित रूपमा एक दिन वा हप्ता दिन लाग्न सक्दछ, देशभर नागरिक अशान्तिको जोखिम बढी हुन सक्छ।’’

उनले क्यूएनन जस्ता ‘कन्स्पाइरेसी थ्योरी’ फैलाउने अभियानहरूविरूद्ध फेसबुकले आफ्नो प्रवर्तन नीतिलाई सुदृढ पारेकोसमेत बताएका छन्। त्यस्ता अभियानसँग सम्बन्धित हजारौं ग्रुपहरू हटाइएको उनले जनाए।

सामाजिक सञ्जालले आफ्नो प्लेटफर्ममा राजनीतिक विज्ञापनहरूलाई ‘विशेष लक्षित’ समुदायमाझ पुर्‍याउन अनुमति प्रदान गरेको भन्दै आलोचना हुने गरेको छ। त्यस्ता विज्ञापन वृहत समूहमा बहस हुनुको सट्टा स–साना समूहमा बढी देखिने गरेको आरोप छ।

मोजिला फाउन्डेसनले दाबी गरेको छ कि यसले राजनीतिज्ञ र उनीहरूका समर्थकहरूलाई काल्पनिक सत्य फैलाउन सजिलो बनाएको, विशेषगरी फेसबुकले यसअघि उम्मेदवारहरूले राखेका विज्ञापनहरूको तथ्य जाँच गरिने छैन भनेको थियो।

बीबीसी

प्रतिक्रिया दिनुहोस्