एउटा रहस्य ‘ब्ल्याकहोल’, एक झट्कामा ८ सूर्यबराबर ऊर्जा

काठमाडौं। अचानक आठ वटा सूर्यको बराबर ऊर्जा निस्क्यो भने के होला? दुई ब्लाकहोलबीचको मर्जरबाट अहिलेसम्म देखिएको सबैभन्दा ठूलो गुरुत्वाकर्ष ‘सकवेभ’ यही नै हो।

गत वर्ष मे महिनामा यो इभेन्टको सिग्नल करिब सात अर्ब वर्ष लगाएर पृथ्वीसम्म पुगेको र यो यति मजबुत थियो कि, यसबाट अमेरिका इटलीको लेजर डिटेक्टरमा खलबली मच्चिएको थियो। शोधार्थीहरुका अनुसार ब्ल्याकहोल्सको आपसी टक्करबाट एक इकाइ पैदा भयो, त्यसको मास हाम्रो सूर्यको किरणको तुलनामा १४२ गुना बढी थियो।

विज्ञानले लामो समय लगाएर ब्ल्याकहोल पत्ता लगाएको थियो। यसमा कुनै निकै साना र कुनै निकै ठूला थिए। यो नयाँ शोधले एउटा कथित इन्टरमिडियट साइजको ब्ल्याकहोल पत्ता लगायो, जसको रेन्ज १०० देखि १००० सन(सोलर) मासबराबर छ।

यो विश्लेषण इन्टरनेसनल लिगो–भर्गो गठजोडको हालैको नतिजा हो। यो गठजोडले अमेरिका र युरोपमा तीन सुपर सेन्सेटिभ ग्राभिटेसनल वेभ डिटेक्सन सिस्टम्स चलाउँछ।

के हो ब्ल्याकहोल?

ब्ल्याकहोल स्पेसको एक यस्तो इलाका हो, जहाँ पदार्थ आफैं समाप्त हुन्छ।

यसको गुरुत्वाकर्षण शक्ति यति बलियो हुन्छ कि, यसबाट प्रकाश पनि बाहिर निस्कन सक्दैन।

केही ठूला ताराहरु विस्फोटसहित फुट्दा ब्ल्याकहोल पैदा हुन्छ।

यीमध्ये केही त हाम्रो सूर्यको मासको तुलनामा अर्बौं गुना ठूलो हुन्छ।

यो विशाल ब्ल्याकहोल कसरी बन्यो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन।

ब्ल्याकहोलबारे थाहा पाउने भनेको त्यसको छेऊछाऊ वा वरिपरीका चिजमा पर्ने प्रभावबाट हो।

यो जब एकअर्कोसँग जुध्छ, तब ग्राभिटेसनल वेभ्स उत्पन्न हुन्छ।

२०१९ मे २१ तारिखका दिन यसमा तेज संकेत महसुस भयो, जुन एक सेकेन्डको दसहिस्सा मात्रै टिकेको थियो। कम्प्युटर एल्गोरिद्मबाट आपसमा ठोक्किएका दुई ब्ल्याकहोल्सको अन्तिम क्षणमा थाहा भएको थियो।

यो ठक्करको दूरी १५० अर्ब लाख करोड किलोमिटरबराबर अनुमान गरिएको थियो। वैज्ञानिकहरुका अनुसार यो सात अर्ब वर्ष टाढाबाट आएको थियो। र, यसले धरतीमा रहेको डिटेक्टरलाई हल्लाइदिएको थियो।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्