काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन्।
हिमालय एअरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ। यस्तै कोरियन एअरले सिओलबाट १९८ यात्रु ल्याएको छ। नेपालबाट फर्किदा चार यात्रु लगेको छ।
फ्लाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ। आज नेपाल एअरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ। कतार एअरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ। शनिबार विभिन्न एअरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।
आन्तरिकतर्फ आज सात उडान भएका छन्। कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एअरको सिमिकोट, बुद्ध एअरको लोकल र मनाङ एअरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ।