काठमाडौं। केही दिनअघि एक अमेरिकी डलर खरिद गर्न १२२ रूपैयाँसम्म तिर्नुपर्नेमा अहिले घटेर ११७ रूपैयाँ नजिक आएको छ। छोटो समयमा नै अमेरिकी डलरको मूल्य करिब पाँच रूपैयाँले घटेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि १८ भदौमा तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ २६ पैसा छ भने र बिक्रीदर ११७ रूपैयाँ ८६ पैसा छ।

डलरको मूल्य केही दिन यता कमजोर बन्द गएको कारण नेपाली रूपैयाँ केही बलियो भएको छ। नेपाली रूपैयाँ बलियो हुनुको कारण अमेरिकी डलरसँगै भारतीय रूपैयाँ कमजोर नहुनु हो।

नेपाली र भारतीय रूपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु बलियो हुनेवित्तिकै नेपाली रूपैयाँ पनि बलियो हुन्छ। भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ पनि स्वतः कमजोर हुन्छ। अमेरिकी डलरको मूल्य कमजोर हुँदा त्यसको असर अन्य देशको मुद्रामा पनि पर्छ।

अमेरिकी डलरको मूल्य जति सस्तो भयो नेपाली बजारको लागि भने उति नै फाइदा हुन्छ। विदेशबाट आयात हुने वस्तुको मूल्य अमेरिकी डलरमा भुक्तानी हुन्छ। अमेरिकी डलर सस्तो हुँदा विदेशबाट बस्तु आयात गर्दा नेपाललाई सस्तो मूल्य पर्छ।

गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले करीब १२ खर्ब रूपैयाँ बराबरको वस्तु विदेशका विभिन्न मुलुकबाट आयात गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आयात प्रभावित हुँदा गत वर्ष आयात परिमाण घटेको छ। त्यसअघिका वर्षमा करीब साढे १४ खर्ब रूपैयाँको बस्तु नेपाली बजारमा विदेशबाट आयात भएको छ।

अमेरिकी डलरको मूल्य सस्तो हुँदा यसरी विदेशबाट आउने बस्तुको मूल्य पनि सस्तो पर्ने हुँदा नेपाली बजारमा उपभोक्ताले विदेशी सामान किन्दा सस्तो मूल्यमा किन्न पाउँछन्।

अन्तराष्ट्रिय बजारका कारण डलरको मूल्य कमजोर र बलियो हुने गर्दछ। यस पटक भारतको मुद्रा केही बलियो बनेकाले डलरको भाउ कमजोर भएको हो। यद्यपी पछिल्लो समय कारोनाका कारण भारतीय अर्थतन्त्र पनि सुस्ताएको छ।

तर, डलरको मूल्य सस्तो हुँदा नेपालको पर्यटन व्यवसाय भने प्रभावित हुन्छ। पर्यटकले गर्ने खर्चबाट हुने कमाई कमजोर हुन्छ। त्यस्तै, निकासीकर्ताले सस्तो मूल्यमा सामान नेपालबाट विदेश निर्यात गर्नुपर्ने हुन्छ।

डलरको मूल्य कमजोर हुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष रूपमा सबैभन्दा बढी प्रभावित हुन्छन्। उनीहरूले विदेशमा कमाएको पैसा नेपाल पठाउँदा डलरको मूल्य जति बढी भयो उति बढी पैसा पाउँछन्। डलर कमजोर हुँदा कम पैसा पाउँछन्। वैदेशिक रोजगारीमा भएका कतिपयले डलरको मूल्य विचार गरेर मात्रै पैसा पठाउने गरेका पनि छन्।

अमेरिकी डलर कमजोर हुँदाको अर्को फाइदा भनेको राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार कम हुन्छ। अमेरिकी डलरमा हिसाब गरेर ऋण लिने र तिर्दा पनि अमेरिकी डलरमै तिर्नुपर्ने हुँदा डलरको मूल्य कम भएको समयमा तिर्दा नेपाली रूपैयाँ कम खर्च हुन्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, गत असार मसान्तसम्ममा विदेशी मुलुकबाट कुल आठ खर्ब पाँच अर्ब रूपैयाँ ऋण लिएको छ। त्यस्तै, सरकारले सोही अवधिसम्ममा कुल ६ खर्ब १३ अर्ब रूपैयाँ आन्तरिक ऋण लिएको छ।

सरकारले लिएको आन्तरिक र बाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा एक जना नेपालीको भागमा करिब ४७ हजार रूपैयाँ ऋणको भार पर्दछ। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या अहिले करिब ३ करोड ६२ हजार पुगेको छ।

" /> काठमाडौं। केही दिनअघि एक अमेरिकी डलर खरिद गर्न १२२ रूपैयाँसम्म तिर्नुपर्नेमा अहिले घटेर ११७ रूपैयाँ नजिक आएको छ। छोटो समयमा नै अमेरिकी डलरको मूल्य करिब पाँच रूपैयाँले घटेको छ।

"> अमेरिकी डलरको मूल्य करिब पाँच रूपैयाँले सस्तियो, नेपाली अर्थतन्त्रलाई के पर्छ असर ? : Dekhapadhi
नेपाल राष्‍ट्र बैंक।
अमेरिकी डलरको मूल्य करिब पाँच रूपैयाँले सस्तियो, नेपाली अर्थतन्त्रलाई के पर्छ असर ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्