काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फर्स्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए।
संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको जनाएकाे छ।
फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट बाेनस शेयर ९.५० प्रतिशत र नगद लाभांश ४.१८ गरी लाभांश १३.६८ प्रतिशत प्रस्ताव गरेको छ।
कोभिड-१९ को राहत योजना अन्तर्गत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना ऋणीलाई व्याज छुट दिन गरेको निर्देशन बमोजिम फर्स्ट माइक्रोफाइनान्सले ऋणीको खातामा छुट रकम उपलब्ध गराएको जनाइएको छ। रासस
" /> काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ।सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फर्स्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए।

">