तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ। कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही १३ हजार रुपैयाँ, बङ्गुरपालकलाई जनही ११ हजार, एक जना माछापालकलाई पाँच हजार र एक जना कुखुरापालकलाई पाँच हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ।
“कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ,” उनले भने, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ। बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ।
“कार्यविधिअनुसार सबै वडामा कृषि पेसामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ,” उनले भने।
प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम हो। कोभिड-१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ। रासस
" /> तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ। कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही १३ हजार रुपैयाँ, बङ्गुरपालकलाई जनही ११ हजार, एक जना माछापालकलाई पाँच हजार र एक जना कुखुरापालकलाई पाँच हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ।

">