‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिए बीमाप्रतिको विश्वास घट्छ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बीमा समितिलाई कोरोना बीमाको मापदण्ड सच्याउन भनेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फात निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुने भएकाले मापदण्ड सच्याउन भनेका हुन्।

यस्तै, उक्त निर्णयबाट बीमाप्रतिको सर्वसाधारणको विश्वसनीयता पनि घट्ने उनको भनाइ छ। “बीमा कम्पनी, बीमा समिति र सरकार मिलेर यसको सामाधान तुरुन्तै समाधान खोजियोस्,” गोल्छाले भनेका छन्।

बीमा समितिले बीमा कम्पनीहरूलाई पत्र लेख्दै निजी प्रयोगशालाको कोभिड–१९ रिपोर्टलाई मान्यता नदिन भनिसकेको छ।

समितिले निजी प्रयोगशालाले बदमासी गरेको गुणासो बढेको र विकृति रोक्नलाई यस्तो निर्णय गरेको जानकारी गराएको थियो।

निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमा प्रतिको विश्वसनीयता पनि घट्छ । कंपनी, समिति र सरकारले यस समस्याको तुरन्त समाधान खोजियोस ।#covidinsurance

— Shekhar Golchha (@golchha_shekhar) September 5, 2020

प्रतिक्रिया दिनुहोस्