कोरोना बीमाको मापदण्ड संशोधन गर्न सुझाव समिति गठन
काठमाडौं। बीमा समितिले ‘कोरोना बीमा मापदण्ड २०७७’ संशोधन गर्न सुझाव समिति गठन गरेको छ।

हाल कार्यान्वयमा रहेको मापदण्डमा निजी प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको रिपोर्ट मान्य नहुने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गर्न समिति गठन गरिएको हो।

समितिले यसअघि कोरोना बिमाको मापदण्ड बनाउँदा सरकारले निजी प्रयोगशालालाई कोरोना परिक्षणको अनुमति दिइनसकेको बताएको छ।

निजी प्रयोगशालाले पीसीआर परिक्षणको अनुमति पाइसकेकाले अनुमति दिनुअघि बनाइएको मापदण्ड परिवर्तन गर्न लागेको हो।
कोरोना बीमाको मापदण्ड सच्याउन ५ सदस्यीय सुझाव समिति गठन गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

पौडेललको नेतृत्वमा आज गठन भएको सुझाव समितिमा अर्थमन्त्रालय, स्वास्थ मन्त्रालय, बीमा समिति र बीमक संघका एक÷एक जना प्रतिनिधि छन्।

समितिले आजसम्म स्वास्थ मन्त्रालय मातहत बाहेकका प्रयोगशालाबाट प्राप्त दाबीहरुको विस्तृत छानविन गरेर तयार पार्ने सुझावका आधारमा मापण्दड संशोधन प्रक्रिया अगाडी बढ्ने छ।

खासगरी, यसअघिको मापदण्डमा स्वास्थ मन्त्रालय मातहतका प्रयोगशालाबाट कोरोना रिपोर्ट पोजिटिभ आएमा मात्रै दाबी भुक्तानी पाउने व्यवस्था थियो।

सोहीअनुसार, समितिले गत विहीबार बीमा कम्पनीहरुलाई निजी प्रयोगशालको रिपोर्टबाट कोरोना पोजिटिभ देखिए दाबी भुक्तानी नदिने पत्र लेखेको थियो।

समितिको उक्त पत्रपछि स्वास्थ मन्त्रालयले समेत त्यसको विरोध गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्