काठमाडौं। बागबजारमा बस्दै आएका नुवाकोटका सबिन कार्कीले एक किलो ब्रोइलर कुखुराको मासु किन्दा जम्मा २३० रुपैयाँ तिर्नुपर्यो। अघिल्लोपटक किन्दा किलोमा २६० रुपैयाँ तिरेका उनले दुई दिनपछि किन्दा किलोमा ३० रुपैयाँ घटिसकेको थियो।
लकडाउन केही खुकुलो भएपछि प्रतिकिलो ३२० रुपैयाँसम्म तिरेका उनले निषेधाज्ञामा सस्तो मूल्यमै मासु पाउँदा खुसी छन्। लकडाउन र निषेधाज्ञाले आम्दानी घटिरहेको समयमा दैनिक खर्च घटाउने ध्याउन्नमा लागेका उनी सस्तो मासु पाउँदा खुसी नहुने कुरै भएन।
यस्तै, पुतली सडकमा बस्दै आएकी रामेछापकी दुर्गा बस्नेतले पनि ब्रोइलर कुखुराको मासु किन्दा किलोमा २३० रुपैयाँ नै तिरिन्। डिल्लीबजारको मासु पसलमा यसअघि यति सस्तोमा कुखुराको मासु किन्न उनले यसअघि कहिल्यै पाएकी थिइनन्।
सबैको जस्तै लकडाउन र निषेधाज्ञाले उनीहरुको पनि आम्दानी घटेको छ। घटेको आम्दानीले दैनिक खर्च धान्दै मिठो खाने रहर सस्तोमै पूरा हुँदा यी दुई जस्तै धेरै जना अहिले खुसी छन्।
ब्रोइलर कुखुराको मासुको मूल्य घटेर उपभोक्ता खुसी भइरहँदा कुखुरा पाल्ने किसानलाई भने पिरोल्न थालेको छ। लकडाउनमा किलोको २६० रुपैयाँसम्म आइपुगेको मासुको मूल्य निषेधाज्ञामा २३० सम्म झरिसकेको छ।
केही स्थानहरुमा मासुको मूल्य २२० र २४० समेत पर्छ। यसरी, लगातार मासुको मूल्य ओरालो लागिरहँदा कुखुरा पाल्ने किसानको उत्पादन लागत समेत उठ्न छाडेको छ।
एक किलो कुखुराको उत्पादन लागत नै १८० देखि २२० सम्म पर्छ। तर, किसानले खोरबाट जिउँदो कुखुरा बेच्ने मूल्यमा बजारमा मासु पाउन थालेपछि किसान स्वतः घाटामा जान थालेका हुन्।
ह्याचरी संघका अध्यक्ष टिका पोखरेलका अनुसार बजारमा मासु २२० रुपैयाँसम्म पाइँदा किसानले जम्मा १०० रुपैयाँ पाउँछन्। जुन, उत्पादन लागतभन्दा ८० देखि १२० रुपैयाँसम्म न्यून हो।
यसरी उत्पादन लागतभन्दा कममा मासु बेच्न पर्दा कुखुरा पालक किसान उठ्नै नसक्ने गरी घाटामा गएको ह्याचरी व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। उनले भने, “उपभोग गर्ने उपभोक्तालाई फाइदा भइरहेको छ। तर, कुखुरा पाल्ने किसान कहिले उठ्न नसक्ने गरी डुबिरहेका छन्।”
किन घट्दै छ मूल्य ?
सामान्य अवस्थामा नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासु खपत हुन्छ। तर, महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले सम्पूर्ण होटल/रेष्टुरेन्ट तथा क्यान्टिन बन्द छन्।
साथै, उपत्यकाका धेरै मासिनहरु घर फर्किएका छन्। जसले गर्दा यतिबेला कुखुराको मासुको माग करिब ७० प्रतिशतले घटेको छ। माग घटेसँगै किसानले उत्पादन समेत घटाए। ह्याचरी उद्योगहरुले अण्डा र चल्लाको उत्पादन घटाएपछि ६० प्रतिशत किसानले खोरमा कुखुरा नहालेको महासंघका अध्यक्ष विष्टको भनाइ छ। यसअघिको लकडाउनमा धेरै ह्याचरी उद्योगले चल्ला र अण्डा समेत गाडे।
त्यसपछि, उनीहरुले चल्ला उत्पादन गर्नै छाडेको र खोरमा बेच्ने बेला भएका कुखुरा समेत नबिकेपछि मरेर गएको उनको भनाइ छ। यसरी, दिनदिनै कुखुरा पालक किसान घाटामा गइरहँदा अर्को पटक खोरमा कुखुरा हाल्नै नसक्ने स्थितिमा पुगेको व्यवसायीहरु बताउँछन्।
यद्यपि, यसअवधिमा ४० प्रतिशत किसानले कुखुरा पालिरहेका छन्। जसकारण, बजारको ३० प्रतिशत माग अनुसार कुखुराको मासु उत्पादन भइरहेको छ। तर, लकडाउनभन्दा कडाइ गरिएको निषेधाज्ञाले मासु पसल खोल्नै दिएको छैन।
कुखुरा ओसारप्रसारमा समेत समस्या भइरहेको तथा कुखुरा काट्ने ठाउँ खोल्न समेत नपाइएको गुनासो व्यवसायीहरुको छ। जसकारण, खोरमा भएका अलिअलि कुखुरा पनि बजारमा ल्याउन सकेका छैनन्। “बजारमा कुखुरा ल्याउनै समस्या भइरहेको छ। समयमा बजारमा आइपुगेको कुखुराको मासु पनि किन्ने मानिस छैनन्। मासु बिक्न छोड्यो, अनि मुल्य घट्यो,” ह्याचरी संघका अध्यक्ष पोखरेलले बताए।