काठमाडौं। अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले संक्रमणबाट बच्ने उपाए अवलम्बन गर्दै व्यवसाय सञ्चालन गर्न दिन माग गरेको छ।
नाडाले महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले धेरैको रोजगारी गुमेको तथा अर्थतन्त्र धराशायी भएकाले व्यवसाय सञ्चालनको अनुमति दिन माग गरेको हो।
चाँडै नै निषेधाज्ञाबारे पुनर्विचार गर्न नाडाले माग गरेको छ।
नाडाले भनेको छ, “विश्वका विभिन्न मुलुकहरुले लकडाउन नगरी कोरोना नियन्त्रण गरेका छन्। दक्षिण पूर्वि एशियाका केहि देशहरूले लकडाउन नगरी संक्रमण रोकथाम गरिरहेका छन्।”
“लामो लकडाउनका र निषेधाज्ञाका कारण अटोमोवाइल व्यवसायी पनि ठूलो समस्यामा परेका छन्”, भनिएको छ, आज जारी विज्ञप्तिमा भनिएको छ, “सबैजसो व्यवसायीहरू उद्योग व्यवसाय सञ्चालनबाट वञ्चित भइरहँदा समस्या आएको छ।”
" /> काठमाडौं। अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले संक्रमणबाट बच्ने उपाए अवलम्बन गर्दै व्यवसाय सञ्चालन गर्न दिन माग गरेको छ।नाडाले महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले धेरैको रोजगारी गुमेको तथा अर्थतन्त्र धराशायी भएकाले व्यवसाय सञ्चालनको अनुमति दिन माग गरेको हो।

">