पब्जीमाथिको प्रतिबन्धसँगै टेन्सेन्टले भारतमा गेमिङ एप सार्वजनिक गर्न नपाउने
<p>काठमाडौं। कोरियन कम्पनी पब्जी कर्पोरेसनले टेन्सेन्ट गेम्सलाई अब भारतमा मोबाइल गेमिङ एप सार्वजनिक गर्ने अधिकार नदिने भएको छ।</p>
<p>सर्वाधिक लोकप्रिय मल्टिप्लेयर भिडिओ गेमिङ एप प्लेयर्स अन्नोन ब्याटलग्राउन्ड्स (पब्जी)माथि भारत सरकारले लगाएको प्रतिबन्धसँगै कर्पोरेसनले यो धारणा सार्वजनिक गरेको हो। भारतले एक हप्ताअघि पब्जीसहित ११७ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।</p>
<p>रोएटर्सका अनुसार कर्पोरेसनले आगामी दिनमा एप सार्वजनिक गर्ने सम्पूर्ण अधिकार कोरियामा राख्ने घोषणासमेत गरेको छ। फ्रेन्चाइज कम्पनी टेन्सेन्टले यो घोषणाप्रति कुनै पनि प्रतिक्रिया दिएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्