काठमाडौं। काइला मगरको दैनिकी अचेल रत्नपार्क, कालीमाटी क्षेत्रमा बित्छ। एक दशकदेखि रिक्सा चलाएर श्रीमती र दुई स-साना छोराछोरीको जीविकोपार्जन गर्दै आएका उनी यतिबेला भने आफ्नै पेट पाल्न खाना खोज्न भौतिरहेका हुन्छन्।
मानसिक सन्तुलन गुमाएकी श्रीमती र स-साना छोराछोरी बोकेर बिहान र बेलुका दुई छाक खाना खानका लागि उनी लगनबाट रत्नपार्क पुग्छन्। लकडाउनपछि केही समय रिक्सा थन्काएर त्यक्तिकै कोठामै बसे।
काभ्रे स्थायी घर भएका उनी काठमाडौंको लगनमा मासिक ४५ सय कोठा भाडा तिरेर बस्छन्। कोठा भाडा तिर्न नसकेपछि घरबेटीले उनलाई निस्कन उर्दी नै जारी गरेको थिए। तर, विभिन्न संघ संस्थाले उनको घरभाड तिरिदिए। जसले गर्दा झोला झिम्टी बोकेर हिड्नुपर्ने अवस्था आएन्।
“सरहरूले आएर चार महीनाको भाडा नतिरिदिएको भए, अहिले सबै सामानसहित सडकमा बास हुन्थ्यो। कोठाको व्यवस्था मिले पनि भोक सहन नसकिने रहेछ।” माइलाले आफ्नो पीडा सुनाउँदैं भने, “यहि पापी पेटका लागि परिवारलाई डोर्याउँदैं खाना खोज्दै हिँड्छु।”
उनलाई कोरोना संक्रमणको डरभन्दा पनि कतै भोकले छोराछोरी मरे भने आफू नालायक सावित हुनेमा बढी चिन्ता छ। “कोरोना लागे त उपचार गराउँला। तर, खानै नपाएर छोराछोरीको मृत्यु भयो भने मेरो बाच्नुको कुनै औचित्य हुदैंन्।” उनले भने।
काठमाडौंमा ज्यामी मजदुरी गर्दै आएका रौतहटका सञ्जय यादवको काठमाडौंका सडकमा बास भएको चार महीनाभन्दा बढी भयो। लकडाउन भएको एक महीनापछि नै घरबेटीले उनलाई कोठाबाट निकालिदिए। लकडाउन अगाडिको दुई महीना र पछिको गरी चार महीनाको भाडा तिर्न नसक्दा घरबेटीले सबै सामान राखिदियो। सडकपेटीमा उनको बास भयो।
“बास त सडकमै बस्दा पनि हुन्छ। तर, गाँस नहुँदा भने पेटले सहन नसक्दो रहेछ। यही पेटका लागि भने खाना खोज्दै हिड्नु परेको छ। कहिले लकडाउन भनेको छ। कहिलेको लकडाउन त कहिलेको निषेधाज्ञा, यसले हामीजस्तालाई नै थप समस्या भइरहेको छ।” उनले भने।
उनीहरू जस्तै यतिबेला लाखौं मजदुरको आयआर्जनको ढोका बन्द छ। उनीहरूलाई कसरी बिहान बेलुकाको छाक टार्ने भन्नेमा चिन्ता हुन्छ। संक्रमणबाट बच्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जसले गर्दा उनीहरूको रोजीरोटी नै गुमेको छ।
निषेधाज्ञा छ, राहत छैन
कोरोना नियन्त्रण गर्न निषेधज्ञा दिनहुँ थपिरहेको छ। घरभित्रबाट बाहिर जाँदा प्रहरीले लखेटिहाल्छ। घरभित्रै बसिराख्दा भने कसरी पेट पाल्ने ? उनीहरूको चिन्ता छ।
यस्तो अवस्थामा राज्यले नै उनीहरूलाई राहत वितरण गर्ने वा भोक मेटाउने उपाय अपनाउनुपर्ने हो। तर, त्यसो हुन सकेको छैन। उनीहरूलाई राहतका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएका छन्।
लकडाउनदेखि काठमाडौंको ठमेलमा खाना खुवाउँदैं आएका ‘कफी विथ मेन्ज’ का सञ्चालक मिनहाज खानले फेरि खाना खुवाउने कार्य नियमित गरेका छन्। लकडाउन खुलेसँगै केही दिन बन्द गरेका थिए। तर, निषेधाज्ञा जारी भएसँगै बिर्यानी खुवाउन थालेको उनले बताए।
राज्यले आफ्नो दायित्व बिर्सिदा यस्ता सामाजिक संघ संस्थाहरू बाध्य भएर काम गर्नुपर्ने अवस्था आएको उनी बताउँछन्। “निषेधाज्ञा तथा लकडाउन गरेपछि समस्यामा परेकालाई राज्यले खानाको व्यवस्था मिलाउनुपर्थ्यो। तर गरीब, मजदुरको पीडा देख्ने भएनन्।” उनले गुनासो गरे।
काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा जारी छ। अधिकांशको आम्दानीको ढोका बन्द छ। निषेधाज्ञा थपिरहँदा दैनिक ज्यालामजदुरी गरेर खानेहरू सबैभन्दा बढी मारमा छन्।
लकडाउन हुँदा केही समय राहत दिइएपनि अहिले हुँदा खाने वर्गले राहत पाउन सकेका छैनन्।
काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले विभिन्न संघ संस्थाले राहत वितरण गरिरहेको बताए। “महानगरले अहिले राहत वितरण गरिरहेको छैन्। तर, विभिन्न संघ संस्थासँगको समन्वयमा खाना खुवाउने तथा राहत वितरण गर्ने काम भइरहेको छ।” प्रवक्ता डंगोलले देखापढीसँग भने।
" /> काठमाडौं। काइला मगरको दैनिकी अचेल रत्नपार्क, कालीमाटी क्षेत्रमा बित्छ। एक दशकदेखि रिक्सा चलाएर श्रीमती र दुई स-साना छोराछोरीको जीविकोपार्जन गर्दै आएका उनी यतिबेला भने आफ्नै पेट पाल्न खाना खोज्न भौतिरहेका हुन्छन्।मानसिक सन्तुलन गुमाएकी श्रीमती र स-साना छोराछोरी बोकेर बिहान र बेलुका दुई छाक खाना खानका लागि उनी लगनबाट रत्नपार्क पुग्छन्। लकडाउनपछि केही समय रिक्सा थन्काएर त्यक्तिकै कोठामै बसे।

">