बीमा समूहले उचालेको सेयर बजार १३ अंकले बढ्यो, साढे दुई अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन सुधारिएको छ। हिजो मंगलबार ७.३५ अंकले सुधारिएको नेप्से आज बुधबार १३.०५ अंकले सुधारिएको हो।

आज नेप्से परिसूचक बढाउन बीमा समूहले ठूलो भूमिका खेलेका छन्। जीवन र निर्जिवन बीमा समूह फराकिलो अंकले उकालो लागेपछि समग्र नेप्सेलाई नै उचालेका हुन्।

कारोबार खुलेदेखि नै बढ्न थालेको सेयर बजार बन्द हुने समयमा १३ अंकले सुधारिएपछि १५०८.२० अंकमा पुगेको रोकिएको छ।

यसअघि अर्थमन्त्रीले राजीनामा दिएपछि लगातार दुई दिन सेयर बजार परिसूचक घटेको थियो। आइतबार र सोमबार निरन्तर ओरालो लागेपछि मंगलबार सामान्य सुधार आएको थियो।

तर, दुई दिनको गिरावटपछि समालिएको बजारमा २ अर्ब ५६ करोड रुपैयाँको ५७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएका १२ समूहमध्ये बैंक र विकास बैंक समूहका सूचक ओरालो लागेको छ। बैंक समूह १.८९ अंकले र विकास बैंक समूह ५.४८ अंकले घटेको हो।

यस्तै, आज बीमा समूहको सूचक २६१.८१ अंकले र जिवन बीमा समूहको सूचक १६६.७७ अंकले बढेको छ।

सेयर बजार दोहोरो अंकले सुधारिएको दिन राष्ट्रिय बीमा कम्पनीका लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन्। आज कम्पनीको सेयर ९८८ अंकले उचालिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्