काठमाडौं। नागबेली लघुवित्तले अघिल्लो आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गरेको बोनश सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
लघुवित्तको ४ लाख ३५ हजार ९६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। अब सेयरधनीको डिम्याट खाताामा आएपछि उक्त सेयर किनबेच गर्न पाइनेछ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेर भदौ पहिलो साताबाट एकीकृत कारोबार सुरु गरिसकेको छ।
लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको ४ लाख ३५ हजार ९६६ कित्ता बोनस सेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गरेको थियो।