सामूहिक लगानी कोषको संशोधित नियमावली लागू, ‘एक्जिट फि’ आयमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था
काठमाडौं। सामूहिक लगानी कोषको चौथो संशोधन नियमावली आजबाट लागू भएको छ। नेपाल धितोपत्र बोर्डले उक्त नियमावली आजबाट लागू भएको बताएको हो।

अर्थ मन्त्रालयबाट स्वीकृति भएको संशोधित नियमावलीमा योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए। संशोधित व्यवस्थाले इकाइधनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए।

त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यस अघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो। उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको गिरीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्