चितवन। युरिया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ। धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाइदिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन। खेतका बीचबीचमा थेग्लाथेग्ला भएर किरा लागेको छ। त्यही ठाउँमा बिषादी छर्नुपर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।
उनले भने, “रोग देखिएको ठाउँमा बिषादी छर्नुपर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन। गबारोले गुभो नोक्सान गरेको छ।” गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ। पुतलीले ५/७ दिनभित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाइदिने उनको भनाइ छ।
तिमिल्सीनाले किराकै कारण बाला पसाइसकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए। समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ। किसानको पुरानो अभ्यासअनुसार नै बारीको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले जानकारी दिए।
पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए। उनले भने, “धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०/५० भन्दा बढी पुतली हुँदैन। यसो गर्न सकेमा रासायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ। गबारोले जिल्ला भरि नै देखिएको उनले जानकारी दिए।
त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ ब्लाइट’ रोग पनि देखिन थालेको छ। यो रोगले धानको पात सुकाउँछ। पसाउने बेलाको धानमा देखिएको छ। धानमा नै सेतो झिङ्गा पनि देखिन थालेको छ। यसले रस चुसेर बोट पहेँलो बनाएर क्षति पुर्याउने उनको भनाइ छ। यो रोग पूर्वी चितवनमा बढी रहेको छ। जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। रासस
" /> चितवन। युरिया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ। धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाइदिएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन। खेतका बीचबीचमा थेग्लाथेग्ला भएर किरा लागेको छ। त्यही ठाउँमा बिषादी छर्नुपर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

">