दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब १७ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम दिन आज सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ दशमलव ४९ अंकले बढेको छ। मंगलबारदेखि बढ्न थालेको बजार आजसम्म लगातार तेस्रो दिन बढेको हो।

आज १२ अंकको सुधार आएपछि नेप्से परिसूचक १५२० अंकमा पुगेर बन्द भएको छ। दोहोरो अंकले सुधारिएको नेप्सेमा आज २ अर्ब १७ करोड रुपैयाँ बराबरको ४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा प्राविधिक समस्या आएपछि दुई पटकसम्म कारोबार रोकिएको थियो। जसकारण आजका लागि कारोबार समय बढाएर ५ बजे पुर्याइएको थियो।

परिसूचक १२ अंकले उकालो लागेपनि आज नेप्सेमा कारोबार भएका १२ समूहमध्ये तीन समूह घटेका छन्। व्यापार, होटल र म्यूचुअल फण्ड समूहमा आज गिरावट आएको हो।

त्यसबाहेकका सबै समूहमा सुधार आएको भने निर्जिबन बीमा समूहको सूचक सबैभन्दा बढी ३०२ अंकले बढेको छ।

यस्तै, जिवन बीमा समूहको सूचक २०४ अंकले बढेको छ। यसअघि बजार मंगलबार ७ अंकले हिजो बुधबार १३ अंकले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्